Ad image

गठबन्धन चुनाबको लागी मात्र भएको होइन -जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०७९, बिहीबार
4 Min Read
Aa

मालश्री खबर, कार्तिक १७ रोल्पा । गठबन्धन चुनाबको लागी मात्र नभै संविधान र राष्ट्रको रक्षा गरि संघिय लोकतान्त्रिक गणतन्त्र जोगाउनको लागि ५ दलिय गठबन्धन भएको नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । आज बाम लोकतान्त्रिक गठबन्धन थबाङ गाउँपाका वडा नं ४ र ५ ले आयोजना गरेको सयुक्त साँझा भेलालाइ सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

आउँदो मसिर ४ मा हुन लागेको संघ र प्रदेशको चुनाब लाई अन्य चुनाब जस्तो नभएको बताउँदै महराले गठबन्धनले जितेमात्र संविधान, राष्ट्र र संघिय लोकतान्त्रिक, गणतन्त्र जोगिने बताउनु भएको छ । यदि यो गठबन्धले हा¥र्यो भने देश खतरामा पर्ने बताउनु भयो । प्रतिगामी गठबन्धनलाई परास्त गर्न अहिले हामी एक ठाँउमा आएको बताउनु भयो । हामी सबैको बिचार मिलेकाले नै देशमा ठुला ठुला परिवर्तन गरेको बताउदै । देशमा सबै भन्दा बढि योगदान गर्ने पाटि भनेकै नेपाली कांग्रेस र माओबादी पाटि भएको बताउनु भयो । देशमा आएको परिवर्तन कै कारण समानुपातिक समाबेशको आधारमा प्रतिनिधित्व गरेको ले यो ब्यबस्थापनको अन्त्य गर्नको लागि प्रतिगामी गठबन्धन गरेको बताउँदै त्यस्तो प्रतिगामी गठबन्धन लाई प्रास्त गर्न सबै जना लाग्नु पर्ने बताउनु भयो । जहिले सम्म देश, संविधान र जनता सुरक्षित हुंदैनन् तब सम्म यो गठबन्धन कायमै रहि रहने बताउनु भयो ।

- Advertisement -
Ad image

रोल्पामा हामिले चिन्ने भनेकै प्रतिनिधि सभा सदस्यको लागि वर्षमान पुन, प्रदेश सभा क बाट जोख बहादुर महरा, प्रदेश सभा ख बाट अमरसिंह पुन नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको र अन्य उम्मेदवार लाई गठबन्धनले नचिन्ने बताउनु भयो । हामिले चुनाब जितेमा जिल्लामा रोजगारी सृजना गर्नको लागि मास्टर पालन गरि लाग्ने बताउदै रोल्पामा प्रयटन,कृषिमा राम्रो सम्भावना रहेकाले यी कुरालाई प्राथमिकता दिने बताउनु भयो ।

त्यस्तै भेलालाई सम्बोधन गर्न बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको नेपाली कांग्रेस रोल्पाका पुर्व सभापति तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार कृष्ण बहादुर घर्तिमगरले जस्ले त्याग्न सक्छ त्यो मान्छे सम्मानित हुन्छ र राजनीतिमा कम बोल्ने धेरै सुन्ने सबैको प्यारो हुन्छ, त्यस कारण निर्वाचनको विषयमा सोच बिचार गरेर बोल्नु पर्ने बताउनु भयो । नेपालको पहिलेका हिटलर राणाहरु हुन अहिलेका हिटलर भनेका के.पि ओलि भएकोले त्यस्ता हिटलर लाई फाल्नको लागि यो गठबन्धन भएको बताउनु भयो । हामी उम्मेदवारले निर्वाचन नजित्दा सम्म मालिक हो जब हामी निर्वाचन जित्छौ त्यस पछि हामी जनताको नोकर हुनु पर्ने भएकोले नेता कार्यकर्ताले ढुक्क भएर गठबन्धनको पक्षमा लाग्नु पर्नेमा जोड गर्नु भयो ।

त्यस्तै निर्वाचन क्षेत्र न (क) परिचालन समितिका सयोजक एंव नेकपा माओबादिका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार आस बहादुर पुनले निर्वाचन क्षेत्र क अन्तगर्त पर्ने ६ वटा पालिका र ३५ वटा वडामा भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम लगभग सकियको बताउदै दरवारी तथा केपि ओलिको गठबन्धनले संघिय लोकतान्त्रिक ब्यबस्था सिद्धान्न लागेकोले ५ दलिय गठबन्धन बनेको बताउनु भयो । हाम्रा गठबन्धनका नेता तथा कार्यकता गाउँ घरमा हुने सामान्य झै–झगडामा नअल्जिन गठबन्धनको मर्म अनुसार लाग्न अनुरोध गर्नु भयो । निर्वाचन क्षेत्र (ख) मा विभिन्न प्रतिगामी तत्वहरु लागेको बताउदै निर्वाचन क्षेत्र (क) मा त्यस्तो चिलाउने लुतो नभएको बताउदै एकता बद्धभएर लाग्न अनुरोध गर्नु भयो । यस्तै अन्य अथितीहरुमा थबाङ गाउ पालिका इन्चार्ज मौसम रोका नेकापा माओबादि केन्द लुम्बिनी प्रदेश सदस्य तथा थबाङ गाउ पालिका निबर्तमान अध्यक्ष बिर बहादुर घर्ति, नेपाली काग्रेंस पुर्ब महाधिबेसन प्रतिनिधी तथा राष्टिय भुमि आयोगका सदस्य श्रि कुमारी रोका लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रिय सभापती तथा निर्वाचन क्षेत्र न (क) का परिचालन समितिका उपसंयोजक दुर्गा ब खड्का,नेकपा माओबादी केन्द्रको तर्फबाट प्रदेस सभा सदस्य तथा समानुपातिक उम्मेद्धारा मिना बुढा मगर, कुस्मा महरा लगाएतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका क्षेत्रिय सदस्य रमेश रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेकपा माओबादी केन्द्र थबाङ गाउ पालिकाका पाटी उपाअध्यक्ष पुन बहादुर बिकले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array