Ad image

सुनछहरी गाउँपालिका ६ फगाममा १ दिने आँखा शिविर सम्पन्न

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

चित्र वियोग झाक्री मगर, मालश्री खबर, कार्तिक १७ रोल्पा । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा एन ए बि पि आई केअर नर्वेको आर्थिक सहयोग र सुलिचौर आँखा उपचार केन्द्रको आयोजना सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगामको समन्वयमा १ दिने आखा शिविर स्वास्थ्य चौकी फगाममा सप्पन्न भएको छ। बुधबार सम्पन्न भएको शिविरमा १ सय ३ जनाले निशुल्क आँखा चेकजाँच गरेका थिए।

जसबाट ३६ जना आँखाको बिरामीले मोतिया बिन्दुको अपरेसन गर्नुपर्ने भएको स्वास्थ्य चौकी फगामले जनाएको छ। आँखा चेकजाँच गर्नेमा ५० बर्ष भन्दा माथीका उमेर समुह रहेको थियो । ग्रामीण क्षेत्रका मानिसहरु नियमित आँखा चेकजाँच गर्न नचाहने र उपचार केन्द्रको पहुँचमा नभएकोले सहजै चेकजाँच गर्ने गराउने उदेश्यले शिविर संचालन भएको ६ नम्बर वडा फगामले जानकारी दिएको छ।

- Advertisement -
Ad image

आँखा प्रकृतिले दिएको अमुल्य उपहार हो। आँखा बिना मानिसको जीवन अन्धकार र कष्टकर हुनेभएकोले यसको सुरक्षाको लागी सबैले ध्यान दिन आवश्यक रहेको सुलिचौर आँखा उपचार केन्द्रका इन्चार्ज प्रबिन डाँगीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार आँखाका मोतिया बिन्दु अपरेसन गर्नुपर्ने बिरामीहरुले कार्तिक २१ र २२ गत्ते प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा निशुल्क अपरेसन सेवा हुनेभएकोले यो अवसरलाई नछुटाउन सबैलाई अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Array