Ad image

पोबाङमा हुने अपांगता पहिचान तथा हाड नसा सम्बन्धी शिविरको सम्पुर्ण तयारी पुरा

मालश्री खबर
मालश्री खबर १६ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक १६ रोल्पा ।
आइएनएफ नेपाल र हरियो खर्क अस्पताल पोखराको आर्थिक सहयोग र सुनछहरी गाउँपालिकाको सम्योजकत्वमा सुनछहरी गाउँपालिका वडा नं ५ पोबाङ स्वास्थ्य चौकी हुने शिबिरको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

शिबिरमा बिषेशज्ञ चिकित्सक, अनुभवी फिजियो थेरापिस्ट र सहायक सामाग्री बिषेशज्ञ सहितको टोलिले सेवा दिने आइएनएफ नेपाल रोल्पा शाखा परियोजना अधिकृत तिलक भण्डारी रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ । शिबिर कार्तिक १७ गते देखि १८ गते सम्म संचालन हुने बताएइको छ ।

शिविरमा एकहर नचल्ने, जन्मदै अपांगता भएका हात खुट्टा लुलो वा कडा भएका, पोलिएर अंगभंग भएको, खुट्टा लामो वा छोटो भएको, मेरूदण्ड बाङ्गो भएका, जन्मदै पैतला भित्र फर्किएको, ढाड तथा कम्मरमा समस्या भएको आदिको पहिचान तथा चेकजाच भईरहेको परियोजना अधिकृत भण्डारीले जानकारी दिनु भयो । शिबिर बिहान १० बजे देखि बेलुका ४ बजे सम्म संचालन भईरहेको छ ।

स्वास्थ्यमा समस्या भएका सबैले शिबिरमा आई मौकाको फाइदा लिनउन समेत सबैलाई आयोजकले आग्रह गरेकोे छ । शिबिरलाई थप प्रभाबकारी बनाउनको लागी बुधबार भएको समन्वयात्क बैठकमा सुनछहरी गाँउपालिका अध्यक्ष धनबहादुर पुन, प्रमुख प्रसासकिय अधिकृत लालसिंङ खड्का आइएनएफ नेपाल रोल्पा शाखा परियोजना अधिकृत तिलक भण्डारी र आइएनएफ नेपाल हरियो खर्क अस्पताल पोखराका आउटरिच परियोजना अधिकृत ताराहंग तावा लगाएतको सहभागिता रहेको सुनछहरी गाँउपालिकाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array