Ad image

निर्वाचन सम्पर्क व्यटिहरु सँग अभिमुखिकरण कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १५ रोल्पा ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा जिल्लाका सबै पालीकाका निर्वाचन सम्पर्क व्यटिहरु सँग एक दिने अभिमुखिकरण लिबाङमा संचालन गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

अभिमुखिकरण कार्यक्रममा जिल्लामा रहेका सबै पालिकाका निर्वाचन सम्पर्क व्यतिहरुको सहभागिता रहेको थियो । मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभाबकारी बनाउनको यस्तो कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायव सुब्बा मतदाता शिक्षा समन्वय कर्ता इन्द्रिरा अधिकारीले बताउनु भएको छ । अब तालिम लिएका सबै पालिकाका निर्बाचन सम्पर्क ब्यतिहरुले आफ्नो पालिकामा फर्किएर निर्देशिकाले दिएको काम कतव्य र अधिकारलाई मतदाता शिक्षालाई थप प्रभाबकारी बनाउने समेत अधिकारीले बताउनु भयो ।

घरदैलो कार्यक्रमलाई प्रभाबकारी बनाउन समेत निर्वाचन सम्पर्क ब्यतिहरुको महत्व पुर्ण भुमिका रहने निर्बाचन कार्यालयले बताएको छ । अभिमुखिकरण कार्यक्रमको संचालन जिल्ला निर्वाचन अधिकारी पदम बहादुर डाँगी र मतदाता शिक्षा समन्वय कर्ता इन्द्रिरा अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा निर्वाचन सम्पर्क ब्यतिहरुलाई मतदाता शिक्षा सामाग्री समेत बितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array