Ad image

मृतक केसिको परिवारलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजद्धारा आर्थिक सहयोग

मालश्री खबर
मालश्री खबर १४ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

लोकेन्द्र चन्द  / मालश्री खबर, कार्तिक १४ रोल्पा ।
सडग दुर्घटना परि मृत्यु भएका रोल्पा नगरपालिका वडा न. ६ का कृष्ण केसिको परिवारलाई अन्तराष्ट्रिय रोल्पाली सेवा समाजद्धारा आर्थिक सहयोग गरेको छ । आइतबार मृतक परिवारको घरमा पुगेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र समाजको मलेसिया शाखाको पहलमा जम्मा भएको रकम मृतकको श्रीमती लिलमाया खत्रीलाई नगद रु ३ लाख ५७ हजार ५ पाँच सय ३१ एक्तीस रुपैया हस्तान्तरण गरियो समाजका केन्द्रिय अध्यक्ष दिलराम वलीले जानकारी दिनु भएको छ ।

मृतक केसि डिउटी गरेर कोठामा फर्कने क्रममा २०७९ साल जेष्ठ २८ गते मलेसियामा सडक दुर्घटना परि गम्भीर घाइते भएका थिए । घाईते भएका केसिलाई उपचारको लागी अन्तर्राष्ट्रिय रोल्पाली सेवासमाज र समाजको मलेसिया शाखाले ठुलो प्रयास गरेको भए पनि बचाउन नसकिएको अध्यक्ष वलीले जानकारी दिनु भयो ।

आइतबार मृतक केसिको १३ दिनको पुण्य तिथिको अवसर पारेर मृतक केसिको घर रोल्पा नगरपालिका वडा न. ६ मा पुगेर घर परिवारलाई आर्थिक सहयोग गरेको समाजले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ । घाईते भएका केसिलाई उपचार गर्न आर्थिक व्यवस्थापन र मृत्यु पछि केसिको लासलाई नेपाल ल्याउनको लागी पनि समाजले नै सहयोग गरेको थियो ।

- Advertisement -
Ad image

रकम हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वली , सस्थापक अध्यक्ष सन्दीप थापा र केन्द्रीय सदस्य तथा दाङ शाखाकी उपाध्यक्ष कलपना घर्ती लगाएत अन्य अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज आबद्ध व्यतिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array