Ad image

बागमारा देखि काठ्माण्डौ जादै गरेको बस दहवनमा दुर्घटना

मालश्री खबर
मालश्री खबर १३ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

लोकेन्द्र चन्द  / मालश्री खबर, कार्तिक १३ रोल्पा ।

रोल्पाको बागमारा देखि काठ्माण्डौ जादै गरेको बस आइतबार साझ त्रिवेणि गा.पा.–२ दहवन भन्ने स्थानमा दुर्घटना भएका छ । दुर्घटना परि ७ जना घाईते भएका छन् । जलजला समितिको बाग्मति प्रदेश ०६–००१ ख ०००९ नं. को बसको अचानकब्रेक फेल भई भित्तामा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ । गाडी साझ अन्दाजी ६ः५० मिनेटको समयमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनमा परि घोराही उपमहानगर पालिका १५ निवासी बर्ष ७० कि अमृता बुढामगर, सोहि ठाँउ निबासि बर्ष २७ कि गिता थापामगर, त्रिबेणि पाँउपालिका वडा न.१ निबासि बर्ष ७ का एन्जल घर्तिमगर, परिर्बतन गाँउपालिका वडा न. ४ पाछाबाङ निबासि वर्ष ६० कि रिना बिष्ट, सोहि गाँउपालिका वडा न. २ निबासि बर्ष २३ का रितु पुन, माडी गाँउपालिका वडा न. ५ निबासि बर्ष २२ का बिबेग राणमगर, र परिर्बतन गाँउपालिका वडा न. ६ निवासि बर्ष १८ कि नन्दिका घर्ति मगर ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटना भएको खबर पाए लगतै प्रहरी, नेपाल आर्मि र स्थानियले टोली खटिई घाईतेहरुको उद्धार गरिएको बताइएको छ । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारको लागी पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

गाडी चालक घोराहि उपमहानगर पालिका वडा न. १५ बिवासी वर्ष ५३ को नारायण कवर प्रहरीको नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरि राखेको बताइएको छ । दुर्घटना पछि गाडिको अगाडिको भाग क्षति भएको छ । अबरुद्ध बाटो समेत संचालनमा आएको प्रहरी जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array