Ad image

तरकारी खेतीबाट गाउँमै बार्षिक लाखौँ कमाउँदै – अग्रज कृषक इन्द्रबहादुर थापा

मालश्री खबर
मालश्री खबर १२ कार्तिक २०७९, शनिबार
4 Min Read
Aa

लोकेन्द्र चन्द  / मालश्री खबर, कार्तिक १२ रोल्पा ।

सुनिल स्मृती गाँउपालीका वडा न. ६ गजुल रोल्पाका इन्द्रबहादुर थापाले गाँउमै बसेर आफ्नै बारीमा तरकारी खेती गरि बार्षिक लाँखौ रुपैया कमाई रहनु भएको छ । कक्षा ८ सम्म मात्र अध्ययन गर्नु भएका थापा पैसा कमाउनको लागी अर्काको मुलुक भारत सम्म पुगे तर पनि उनले त्यँहा सोचे जस्तो सजिलैसँग पैसा कमाउन नसके पछि स्वदेशमै फर्किएर आफ्नै बारीमा तरकारी खेती शुरु गर्न थाल्नु भयो ।

 

पैसा कमाउन अर्काको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै ठाँउमा केहि गर्नु पर्छ भन्ने सोच आए पछि आफू तरकारी खेतीमा लागेको थापाले बताउनु भयो । शुरुमा आफुले लगाएको गँहु फालेर तरकारी खेती गर्न भनेर पलास्टिक टनेल निमार्ण गर्दा कतिले आफुलाई पागल समेत भनेको थापाले हामिलाई सुनाउनु भयो । पछि गँहु फालेर लगाएको टमाटर खेती राम्रो भएर हजारौ पैसा कमाए पछि मात्र सबैले आफ्नो सोचलाई सपोर्ट गरेको उहाले बताउनु भयो ।

- Advertisement -
Ad image

एउटा टनेलबाट सुवात गरेको तरकारी खेतीलाई अहिले सातवटा पु¥याएको आफुले एउटा टतनेल बाट ७ देखि ८ क्विन्टल सम्म तरकारी उत्पादन गर्ने गरेको समेत थापाले बताउनु भयो । उत्पादन भएको तरकारी बारीमै बिक्रि हुने गरेको हुनाले बजारको कुनै समस्या नभएको उहा सुनाउनु हुन्छ । उत्पादन गरेको तरकारीले बजार पाइदैनकि भन्ने कुनै डर छैन्, उत्पादन गर्न सक्नु प¥यो बारीमै जति भएपनि बिक्रि हुन्छ , थापाले थप्नु भयो ।

 

अहिले तरकारी खेती गरेको बारीमा पहिले परम्परागत तरिकाले मकै, गँहु, कोदो लगाँउदा बार्षिक दश हजार कमाउन मुस्किल पथ्र्यो, अहिले तरकारी खेती लगाउन थाले पछि लाँखौ कमाइ हुन्छ, तरकारी खेती बाटै घर खर्च चलाउन र छोरा, छोरीलाई लेखाउन पढाउन सकिएको छ, उहाले भन्नु भयो ।

परिवारका सबै सदस्य तरकारी उत्पादनमै लाग्ने भएकाले आफुलाई काममा थप सजिलो भएको बताउदै थापाले सबै आफु जस्तै आफ्नै बारीमा केहिन केहि गरेर स्वरोजगार बन्न सुझाब समेत दिनु भएको छ । अहिलै स्वदेशमा कुनै आम्दानीको श्रोत नदेखेर अर्काको देशमा रुखमा पैसा फल्ने जस्तो गरि टिप्न जानेहरु धेरै भए पनि त्यहा पुगे पछि पैसा कमाउन सोचे जस्तो सजिलो नहुने समेत थापाले आफ्नो अनुभब सुनाउनु भयो ।

 

सबैले आफ्नै बारीमा स्वदेशमा केहि गर्न सकेमा, मेहनत र पसिना पनि स्देशमै लगानी हुने र परिवारसँगैै बसेर केहि गर्न सकिने थापाले सुझाब दिनु भयो । यस्को लागी स्थानिय सरकार, नेपाल सरकार र सरोकारवालाले यस बारे गम्भिर भएर सोच्नु पर्ने बताउदै थापाले सरकारी, गैरसरकारी कार्यालय र राज्यबाट कृषकलाई प्रदान गरिने अनुदान र सहुलियतहरु बास्तबिक कृषक कँहा प¥याउनु पर्ने बताउनु भएको छ । अहिले पनि कति पय अनुदान र सहलियतहरु बास्तबिक कृषक भन्दा पनि पहुँच र चिन्जानको आधारमा दिने गरेकोमा गुनासो समेत पोख्नु भएको छ ।

आफुलाई भने स्थानिय सरकार, आशा परियोजना र कृषि ज्ञान केन्द्र रोल्पा बाट राम्रो सहयोग र परार्मश पाएकोमा थापाले खुशि समेत व्यत्त गर्नु भयो । मलाई यो अवस्थामा पु¥याउनको लागी उँहाहरु र परिवारको सदस्यको ठुलो र महत्वपुर्ण भुमिका भएको समेत थापाले थप्नु भयो ।

राज्यले एउटा निति बनाएर कृषकलाई क्षेमता बिकासको आवश्यक तालिम, रोग किरा बाट बचाउनको लागी प्राबिधिक सहयोग र भ्रमणको व्यवस्था मिलाएमा आफूहरु जस्तो स्वदेशमै केहि गर्नु पर्छ भन्ने कृषकहरुलाई थप हौसल्लाह मिल्ने बताउनु भयो । थापाले आफ्नो बारीमा कुनै बिषादि प्रयोग नगरेर बिषादि रहित, अर्गानिक तरकारी उत्पादन गरि रहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array