Ad image

रोल्पाको रुन्टिगढीमा बस दुर्घटना ८ जना गम्भिर घाइते- चालक फरार

मालश्री खबर
मालश्री खबर १२ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १२ रोल्पा ।
रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ मा पर्ने पानीगैरा भन्ने स्थानमा शनिबार बिहान सवा १० बजे तिर गाडी दुर्घटना हुँदा ८ जना गम्भिर घाइते भएका छन् । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ मेलटाकुरा देखी दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ ख ७३८ नम्बरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

 

बस बाटोमा एक्कासी पल्टिदा ८ जना यात्रु गम्भीर घाइते भएका छन् भने बसमा १५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ । बस चालक २८ वर्षीय केशव खड्का फरार रहेको रहेका छन् । चालक खड्काको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ । घाइतेहरूको उद्धार गर्नको लागी इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मधुसुधन बिकको नेतृत्वमा घटनास्थलमा खटिएर यात्रुको उद्धार गरी उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको बताइएको छ ।

- Advertisement -
Ad image

 

दुर्घटनामा परि घाइटे हुनेहरुमा दाङ तुलसीपुर उप महानगरपालिका वडा नम्बर १८ बस्ने ४५ वर्षीय कलिराम परियार र निजको छोरी ४ वर्षीय अन्जना परियार तुलसीपुर उप महानगरपालिका वडा नम्बर १९ बस्ने ४५ वर्षीय चुर्ण थापा त्यसैगरी रोल्पा रुन्टिगढि गाउँपालिका वडा नम्बर ८ बस्ने २९ वर्षीय गौसरा पुन सोही गाउँपालिका बस्ने १५ वर्षीय भावना परियार, ३६ वर्षीय मन कुमारी दमाई ७ वर्षीय सन्जु परियार ६ वर्षीय गिता पुन रहेको प्रहरीले बतााएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array