Ad image

रोल्पामा पनि तिहारको मुख्य दिन भाइटिका धुमधामसंग मनाइयो

मालश्री खबर
मालश्री खबर १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

राजेश समर्पण नेपाली, मालश्री खबर, कार्तिक १० रोल्पा । रोल्पामा तिहारको मुख्य दिन भाइटीका धुमधामसँग मनाइएको छ । जिल्लाको बिभिन्न ठाउँमा दाजुभाइ, दिदीबहिनीले एक आपसमा खुशी साट्दै टीका लगाएर यो पर्व तिहार मनाएका छन ।

गएको दुई वर्ष कोरोना सङ्क्रमणका कारण त्यति उत्साहजनकरूपमा चाडपर्व नमनाएका रोल्पालीवासीले भने यस वर्ष धुमधामसँग तिहार मनाउँदै खुसी साटिरहेका देख्न सकिन्थ्यो ।

भाइटीकामा दिदीबहिनीले श्रद्धापूर्वक दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै दाजुभाइलाई परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने गर्छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array