Ad image

गाउँमा देउसी भैलो सकिदै, बजारमा भैलोको आवाज चारैतिर गुञ्जिद

मालश्री खबर
मालश्री खबर १० कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक १० रोल्पा । नेपालहरुको दोस्रो महान चार्डपर्व तिहार सकिएको छ । यमपंञ्चको पाँचौ दिन अर्थात भाइटिका लगाए सँगै २०७९ को तिहार बिहीबार सकिएको हो । भने लिबाङ बजारको देउसी भैलोको आवाजले बजार गुञ्जीएको छ ।


पाँच दिन जारी रह्ने तिहार यो बर्ष कार्त्तितक ६ गतेदेखि सुरु भएको थियो । पहिलो दिन ६ गते आइतबार काग तिहार,दोस्रो दिन ७ गते सोमबार लक्ष्मी पुजा÷कुकुर तिहार,तेस्रो दिन ८ गते मंगलबार गाईगुरु पुजा,चौंथो दिन ९ गते बुधबार गोर्वधन पुजा÷हलि तिहार र पाँचौ दिन १० गते बिहीबार भाइटिका परेको थियो ।

आजको दिन दिदी भाइ तथा दाजु बहिनीले भाइटिका लगाउने गर्दछ्न र आफ्नो इच्छा अनुसार दिदी बहिनीलाई दाजुभाइले दक्षिणा दिने गरेको पाइन्छ ।
भाइटिकाले दाजुभाइ दिदीबहिनीको आत्मीयतालाई मजबुत बनाउनुको साथै भाइचाराको सन्देशलाई प्रगाढ बनाउने विश्वास रहेको समेत बताइएको छ ।

तिहारको अवसरमा गाउँ तथा सहरमा देउसी भैलो खेल्ने प्रचलन रहेको छ ।
तिहारको अवसरमा आयोजित गाउँको विभिन्न ठाउँमा खेल्दै आएको देउँसी भैलो कार्यक्रम समेत सकिएको छ भने सहरको तुलनामा केही ठाउँमा भाइटिकाको दिनदेखि सुरु हुने गर्दछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array