Ad image

तिहारमा लक्षित सुरक्षा व्यवस्थामा प्रहरीको कडा पारिएको छ:-प्रवक्ता भुसाल

मालश्री खबर
मालश्री खबर ९ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

राजेश समर्पण नेपाली ,मालश्री खबर, कार्तिक ९ रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले तिहार, छठलगायतका पर्वहरुलाई मध्येनजर गरी कडा सुरक्षा व्यवस्था लागू गरेको छ । तिहारको समयमा खेलिने देउसी भैलो, विस्पोटक पदार्थको बिक्रिवितरण र ओसारपसारमा प्रहरीले निगरानी बढाएको छ । देउसी भैलोलाई राति करिब ९ बजेभन्दा पछि नखेल्न आग्रह गरिएको छ भने विस्फोटकजन्य पदार्थहरु पड्काउन र बिक्रिवितरण नगर्न भनेको छ ।
तिहारको समयमा हुन आगलागीको भयलाई पनि कम गर्न चनाखो हुनुपर्ने प्रहरीको भनाइ छ । शहर र गाउँका मुख्य चोक र मानिसहरुको बढी चहलपहल हुने स्थानमा सादा पोशाकका प्रहरीलाई खटाइएको छ । तिहारको समयमा हुने अवाञ्छित क्रियाकलाप रोक्न समेत प्रहरी सक्रिय बनेको छ ।
जुवा, तास, कौडा खेल्ने र खेलाउने दुवैलाई कसुर बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
तिहारलाई लक्षित गरेर जिल्ला प्रशाासन कार्यालय रोल्पाले निर्देशनलाई दिएको जिल्ला प्रहरीका प्रवक्ता प्रकाश भुसालले बताउनुभयो । उहाँले थप सक्रियताका साथ काम गरिरहेको पनि दाबी गर्नुभयो ।
तिहारमा भित्रिने विस्फोटक पदार्थ र जुवातासबारे प्रहरी संवेदनशील रहेको प्रवक्ता भुसालको भनाइ रहेको छ । विस्फोटक पदार्थलाई खाद्यान्नको बोरा वा अन्य समयमा भित्र्याउने गरिएकोले यसबाट कसैलाई असर परेमा क्रेता र बिक्रेता दुवैलाई कारबाही हुने उहाँको भनाइ छ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन सबैलाई छुट छ तर, यसभित्र रहेका विकृतिका कारण कसैलाई असर पर्नु राम्रो होइन । रोल्पाबासी सबैलाई जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रकाश भुसालले तिहारको अवसरमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array