Ad image

गाउँमा देउसी भैलोको आवाज चारैतिर गुञ्जिदैँ

मालश्री खबर
मालश्री खबर ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक ९ रोल्पा । नेपालहरुको दोस्रो महान चार्डपर्व तिहारको चौँथो दिनमा पनि देउसी भैलोको आवाज गुञ्जिएको पाउँछौं।अहिले अधिकांश गाउँमा देउसी भैलो खेल्ने गरेको बताइन्छ।तिहारको अवसरमा देउसी भैलो,पैसारु,मयुर तथा श्रंगारु नाच्ने चलन रहेको छ।

गाउँमा भने तिहारको पहिलो दिन काँग तिहार देखि सुरुभइ भाईटीकाको अर्को दिनसम्म जारी रह्ने गर्दछ। धेरै गाउँमा भैलो खेल्नको लागि छिमेकी गाउँ,टोल र बस्तीहरुमा गएको समेत बताउने गरिन्छ।

अहिले धेरै गाउँ,टोल तथा बस्तीमा कुनै ठाउँमा पैसारु,कतै मयुर त कहीँ शृंगारु रहेका छन् भने अहिले अधिकांश गाउँमा देउसी भैलो खेलेको स्थानीयले बताएका छन्।अहिलेको पुस्ताले परापूर्व कालदेखि नाच्दैँ आएको कला संस्कृति बिर्सदैं गएको समेत अगुवा नागरिकको गुनासो रहेको छ।

- Advertisement -
Ad image

तर तिहारको चौँथो दिन अर्थात भाईटिका पर्ने गर्दछ र टाढा-टाढा भैलो खेल्न गएकाहरु समेत आ-आफ्नो घरतिर फर्कने गर्दछन।साथै टीका लगाइसके पछी फेरि सबैजना जम्मा भएर आफ्नो गाउँमा भैलो खेल्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

Array