Ad image

चार्डपर्वको समयमा खानपिनमा ध्यान दिन चिकित्सक स्वास्थ्यकर्मी डाँगीको आग्रह

मालश्री खबर
मालश्री खबर ८ कार्तिक २०७९, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ८ रोल्पा । चार्डपर्वमा विभिन्न परिकार तयार गरिएका हुन्छन । थोरै–थोरै खादा पनि धेरै क्यारोरि जम्मा हुने गर्दछ । माछा, मासु, मिठाई, फलफूल, चिसो पेयपदार्थका परिकार, दुधदहिको परिकार कति –कति परिकारै परिकार हुन्छन चाडपर्वमा । चाडपर्वपछि मान्छे २.४ केजी नै मोटाएको हुन्छ, जिल्ला अस्पतालका अहेब कुल बहादुर डाँगीले भन्नु भयो । उहाँले शरीरले खानाबाट शक्ति कसरी प्राप्त गर्छ भन्ने बारे कुरा गर्दा हामीले खाना, फलफूल, पेयपदार्थ जुनकुनै खाना खाएपछि शरिरमा गएर त्यो ग्लुकोजमा परिवर्तन हुन्छ ।

त्यहीँ ग्लुकोज शरीरका कोषहरूले प्रयोग गरेर शक्ति प्राप्त गर्छ । हाम्रो शरीरलाई चाहिने भन्दा बढि खाना खाएमा शरीरमा बढी ग्लुकोज वा चिनीको मात्रा बन्दछ । शरिरले प्रयोग गरि बचेको ग्लुकोजलाई हामीले अन्न भण्डारण गरेर राखेको जस्तै गरि भुडी, कम्मर लगाएत शरीरमा बोसोको रूपमा परिवर्तन गरेर जम्मा गर्दछ । खानाको मात्रा बढाउदै जाँदा शरीरमा पनि बोसोको मात्रा बढ़ी हुँदै जान्छ र मोटोपनको समस्या आउँने डाँगीले बताउनु भयो ।

हाम्रो घरमा तिहारको रौनक भित्री सकेको छ । विभिन्न परिकार, तयार हुदै छन। चार्डपर्वमा खानाको परिकार खादा ध्यान दिनुपर्ने कुराहरुमा माछा, मासु, कोक फेन्टा जस्ता पिए पदार्थ, गुलिया पेयपदार्थ सँगसँगै खानु हुदैन यदि खाएमा त्यो शरीरमा पुगरे अक्सिडाइज हुन्छ जसले शरीरमा नराम्रो असर हुन्छ । मदिरासँग यस्ता गुलिया पेयपदार्थ सँगसंगै सेवन गर्नु झन खतरापुर्ण हुन्छ। कोक, फेन्टा जस्ता चिसो पेयपदार्थमा धेरै चिनी मिसाइएको हुन्छ ।

- Advertisement -
Ad image

 

प्राय यस्ता झोलमा ४ देखि १५ चम्चासम्म चिनीको मात्रा मिसाइएको हुन्छ । एक चम्चा चिनीले २५ क्यालेरी शक्ति दिन्छ यदि १४ चम्चा चिनी भएको झोल पिएमा त्यसबाट ३७५ क्यालोरी शक्ति उत्पन्न हुन्छ । यस्ता झोलको अधिक प्रयोगले मानिसको मुटु कमजोर बनाउछ । दाँतको पालिस पगाल्छ जसका कारण दाँत किराले खाने मुख तथा दाँतको रोग लाग्छ । चिसो पेय पदार्थ जङ्फूड हुन् । यस्तो जङ्फूडमा मानिसलाई चाहिने भन्दा बढि क्यालोरी हुन्छ तर आवश्यक पर्ने –प्रोटिन, भिटामिन खनिज तत्व हुदैन उहाँले भन्नुभयो–यस्ता वस्तुको सेवनले शरीरलाई मोटोपन बढाउने, चिनीरोग, रक्तचाप, कोलेस्टेरोल बढाउछ ।

 

जवान व्यक्तिलाई दैनिक ४० देखि ५० ग्राम चिती आवश्यक पर्छ, यति मात्रा दैनिक भोजनमा नै पाइन्छ । पेयपदार्थमामा क्याफिन भन्ने तत्व मिलाएको हुन्छ । जसले झोललाई बास्नादार बनाउछ । यसले मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत बसाल्ने हुन्छ । शरीरलाई कृत्रिम रूपमा उत्तेजित गराउँदा व्यक्तिलाई आनन्द मिल्छ ।

 

कोका, फेन्टा, रेडबुल आदिमा हुने क्याफिन र चिनीले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने काम गर्छन्। झोलमा भएको टारटजिन रंगले छालामा डावर, नाकबाट पानी झर्ने अथवा रातो एलर्जी हुने र क्यान्सर पनि हुने स्वास्थ्यकर्मी डाँगीको भनाई रहेको छ । चिसो पेयपदार्थको सत्ता दुध, दहि, मही लगाएत फलफूलको सेवन बढी हितकर हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array