Ad image

लिबाङ बजारको सुरक्षा मजबुत पारिएको छ :- प्रजिअ सापकोटा

मालश्री खबर
मालश्री खबर ८ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

राजेश समर्पण नेपाली ,मालश्री खबर, कार्तिक ८ रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा लिबाङ बजारको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज सापकोटाले जानकारी दिनुभएको छ ।
उहाँले चाडपर्व लक्षित सुरक्षा कार्ययोजना २०७९ स्कृति गरि सबै सुरक्षा निकायलाई कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा भइरहेको बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले ’कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ,’ प्रजिअ उपाध्यायले बताउनुभएको छ ।
तिहारको समयमा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति ९ बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले कात्तिक ६ गते सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु÷खेलाउन जानकारी गराएको थियो । ’देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो । सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ,’ प्रजिअ सापकोटाले भनन्नुभयो ।
प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैको अनुरोध गर्नुभएको छ ।
यस अवसरमा सार्वजनिकस्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रहसमेत गरेको छ ।
’पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ । यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array