Ad image

गाउँमा तिहारको रौनक सुरु

मालश्री खबर
मालश्री खबर ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक ८ रोल्पा । यतिबेला नेपालहरुको दोस्रो महान चार्डपर्व तिहार भित्रीए सँगै गाउँमा तिहारको रौनक सुरु भएको छ । अहिले अधिकांश गाउँमा देउसी भैलो खेल्ने गरेको पाइन्छ । तिहारको अवसरमा भैलो,पैसारु,मयुर तथा श्रंगारु नाच्ने प्रचलन रहेको छ । गाउँको तुलनामा भन्दा सहरमा केही दिन ढिलो देउसी भैलो सुरु हुने गर्दछ ।


तर गाउँमा भने तिहारको काँग तिहारदेखि भाईटीकाको भोलि पल्टसम्म जारी रहन्छ । अहिलेको देउसी भैलोमा मौलिकता नभिटिने गरेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । पहिलो भैलोमा आफैं लेखेर भटाउने गर्दथ्ये । अहिलेको भैलोमा त कलाकारहरुले भटाएको बजाउने र कलाकारको गीतमा नाच्ने गरेको परिवर्तन गाउँपालिकाका बर्ष ८४ का जेष्ठ नागरिक माकु चन्दको भनाइ रहेको छ ।
हाम्रो उमेरमा हामीले आफैं लेखेर पट्याउँथियौँ र मादल,झ्याली तथा बाँसुरीको धुनमा देउसी भैलो खेल्थियौँ चन्दको भनाइ।तर अहिले त्यो छैन साउन बक्समा कलाकारको बजाएर खेलेको देख्छु,सुन्छु । समय परिवर्तन भएसँगै देउसी भैलोमा पनि परिवर्तन आएको हो कि भन्न सकिन्छ ।
अहिलेको देउसी भैलोमा मौलिकता नभएको र नभिटिने गरेको जानकारहरु बताउँछ । पहिले देखासिखी हुदैनथ्यो अहिलेको देउसी भैलोमा देखासिखीको कारण मौलिकता हराउँदै गएको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्