Ad image

ढुक्क भएर गठबन्धनको पक्षमा लाग्न नेता महराको कार्यकर्तालाई निर्देशन

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ६ रोल्पा । कुनै पनि दाया बाँया कुरा नसुनेर र त्यस्ता कुराको पछि नलागेर ढुक्क भएर गठबन्धनको पक्षमा लाग्न नेकपा माओवादी केन्द्रका स्थायी कमिती सदस्य तथा रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आइतबार बाम लोकतान्त्रीक गठबन्धन रोल्पा नगपालिकाले आयोजना गरेको सयुक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका नेता महराले यस्तो निर्देन दिनु भएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथि महराले अहिले बनेको बाम लोकतान्त्रीक गठबन्धन मंसिर ४ मा हुने निर्वाचनको लागी मात्र नभई संविधान र देशको रक्षा गरि संङघिय लोकतान्त्रीक गणतन्त्र जोगाउनको लागि बाम लोकतान्त्रीक गठबन्धन बनेको बताउनु भयो । एमाले लगाए केहि पार्टीले संविधान, गणतन्त्र र देशलाई अन्त्य गर्न पश्चगामी गठबन्धन गरेकाले सो गठबन्धनलाई परास्तगर्न पाचँदलिय गठबन्धन गरिको बताउनु भयो ।

- Advertisement -
Ad image

रोल्पाको हकमा प्रतिनिधि सभा सदस्यको लागि वर्षमान पुन, प्रदेश सभा क बाट जोख बहादुर महरा र प्रदेश सभा सदस्य ख बाट अमरसिंह पुन नै गठबन्धनको आधिकारी उम्मेदवार भएकाले ढुक्क भएर मतदानगर्न नेता तथा कार्यकतालाई अनुरोध गर्नु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती समाजसेवी एंव नेपाली कांग्रेसको तर्फ बाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार कृष्ण बहादुर घर्तीमगरले रोल्पामा विगतको निवार्चनमा गठबन्धन हुन नसके पनि मंसिर ४ माहुन लागेको निर्वाचनको लागि भने कम्युनिष्ट र नेपाली कांग्रेसले कुम जोडेको पहिलो पटक भएकाले यो गठबन्धन सफल हुने बताउनु भयो ।

घर्तीले केपि ओलिले राजनीतिक पार्टी, राष्ट्र सेवक कर्मचारी, सेना, प्रहरी लाई धम्काई जहिले पनि सत्ता आफनो पक्ष राख्न खोज्ने गरेकाले केपि ओलि र ओलिको विचार बोकेका मान्छे लाई नसक्दा सम्म यो बाम लोकतान्त्रीक गठबन्धन काममै हुनु पर्ने बताउनु भयो ।

उक्त भेलामा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तुलाराम खडका, नेपाली कांग्रेसको उपसभापति कविता उपाध्यय, नेपाली कांग्रेस प्रदेश सभा १ का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्का, नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आचार्य, नेपाली कांग्रेस रोल्पाका पुर्ब जिल्ला सचिव एंव पुर्ब पाटी प्रबत्ता जितबिक्रम मल्ल, नेपाली कांग्रेस रोल्पाका बरिष्ठ सदस्य मान बहादुर खत्री, नेकपा माओबादी केन्द्र पाटीका प्रदेश सभा सदस्य समानुपातकि उम्मेदवार कुस्मा महरा, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढा लगाएतको सहभागिता रहेको थियो । भेलाको संचालन नेपाली काँग्रेस नगर सभापति चन्द्रप्रकाश आचायले गर्नु भएकोे भेलाको अध्यक्ष नेकपा माओवादी केन्द्रका रोल्पा नगरपालिका नगर अध्यक्ष फबिन्द्र आचार्यले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array