Ad image

शहिद मेमोरियल युवा क्लबले लागुपदार्थ दुर्ब्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक ६ रोल्पा । परिवर्तन गा.पा-४ पाछाबाङ रोल्पाले लागुपदार्थ दुर्ब्यसनी विरुद्ध जनचेतना मूलक कार्यक्रम आइतबार सम्पन्न गरेको छ। दिउँसो ३ बजे सुरु भएको उक्त कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि सहित ४५ जना युवाहरूको सहभागिता रहेको थियो।

क्लबको कार्यालय पैयाबोट डाँडाबाट निकालिएको ¥यालीमा लागुपदार्थको साटाे,स्वस्थ जीवनको बाटो,स्वस्थ समाज निर्माणका लागि सम्पूर्ण युवा शक्ति एकजुट हौं,लागुपदार्थ दुर्ब्यसनमा फसे छैन जीवन र भविस्य ,स्वस्थ खानपान स्वस्थ जीवन त्यागौ लागुपदार्थ दुर्ब्यसन जस्ता नाराहरु लेखेको प्लेकार्ड सहितको र्यालीले गाउँ परिक्रमा गरेको थियोे ।

- Advertisement -
Ad image

गाउँ परिक्रमा पछि र्याले पैयाबोट डाडामा आयर कोण सभाको आयोजना गरीएको थियो ।कोण सभामा नेपाल् कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सल्लाहकार चित्र बहादुर बुढा , नेपाल् कम्युनिस्ट पार्टी माओवादी केन्द्र रोल्पा निर्वाचन क्षेत्र न २ सदस्य पूर्ण बहादुर सुनाम, दिब्य ज्योति मा.वि.माइस्थान रोल्पाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिसिंह बुढा ले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्ष तथा संचालन सहिद मेमोरियल युवा क्लबका अध्यक्ष जय कुमार बुढाले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्