Ad image

रेडक्रस रोल्पाको आयोजनामा ४ दिने आधारभुत प्राथमिक उपचार तालिमकाे सम्पन्न

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

चित्र वियोग झाक्री मगर,मालश्री खबर, कार्तिक ६ रोल्पा । नेपाल रेडक्रस सोसाइटी जिल्ला रोल्पा जिल्ला शाखामार्फत संचालित एकीकृत सामुदायिक उत्थानशिल परियोजनाको आयोजना र फिनिस रेडक्रसको सहयोगमा ४ दिने आधारभुत प्राथमिक उपचार तालिम रोल्पाको लिबाङमा सम्पन्न भएको छ। कार्तिक ३ गत्ते देखि ६ गत्ते संचालन भएको तालिम लिबाङ स्थित होटेल रोल्पा हेरिटेजमा सम्पन्न भएको रेडक्रस रोल्पाका कोषाध्यक्ष भिम बहादुर बुढाले जानकारी दिनुभएको छ ।

तालिमको अन्तिम दिन एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । एकीकृत सामुदायिक उत्थानशिल परियोजना जिल्ला अधिकृत कमला राईले सन्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता रेडक्रस रोल्पाका सभापति डि.बि. घर्तिमगरले गर्नुभएको थियोे । सहभागीको तर्फबाट घर्तिगाउँ शाखाका मधुसूदन बुढा मगरले अनुभुति मन्तव्य राख्नुभएको थियो। बुढामगरका अनुसार तालिम मानवीय सुरक्षाको लागि निकै ब्यबहारिक भएको जिकिर गर्दै सबै सरोकारवाला तथा सामाजिक अगुवा गाउँ गाउँमा भएको विपद ब्यवस्थापन समितिको पहुचमा लिन स्थानीय सरकारले पहल गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको छ । रोल्पा जिल्लाका १५ वटा उपशाखा प्रतिनिधि र जिल्ला शाखाका गरि जम्मा २४ जनाले सहभागिता जनाएका थिए। उक्त तालिमको प्रशिक्षण लक्षमन माझी, कृष्ण पोख्रेल, काजिरत्न महर्जन र चन्द्र बहादुर घर्ती रहनु भएको थियो ।

- Advertisement -
Ad image

प्रशिक्षणका मुख्य बिषयहरु प्राथमिक उपचारका परिचय, प्राथमिक उपचारका चार चरणहरु, बेहोसी, मुटु तथा फोक्सो पुनः सन्चालन,रक्तस्राव तथा क्षोभ, टाउको र मेरुदण्डको चोट, हाड भचाई,घाउ तथा पट्टीहरु पोलाई करेन्ट लाग्नु, जनावर तथा किराको टोकाई बीस पर्नु घाइतेको ओसारपसार आदि रहेको प्रशिक्षक चन्द्र घर्तीमगरले जानकारी दिनुभएको छ । तालिममा स्वमुल्यांकन लागि जाच समेत गरिएको थियो । जसबाट उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरि सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको छ ।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका मन्त्री अमर जि .एम. कोषाध्यक्ष भिम बहादुर बुढा मगर उपमन्त्री ध्रुव चन्द्र पुन मगरले समेत उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटीले स्थापना कालदेखिनै नेपालमा प्राथमिक उपचार सेवा गर्ने एक मात्र आधिकारिक निकाय भएकोले सहभागीहरुले प्राप्त गरेको ज्ञान सीप र प्रमाणपत्रको सहि तरिकाले प्रयोग गर्न रोल्पा शाखाका सभापति घर्तीले अनुरोध गर्नुभएको छ । उहाँका अनुसार त्यसको मुल्यांकन रेडक्रस रोल्पाले गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array