Ad image

सभ्य र निर्धारित समय भित्र मात्र देउसी भैलो खेल्न वडा अध्यक्ष शर्माको आग्रह

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ६ रोल्पा । देउसी भैलोलाई ब्यवस्थित गर्नका लागि तेबाङमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ७ तेवाङमा देउसि भैलोमा हुन सक्ने विभिन्न खालका विकृतिहरु लाई कम गर्नका लागि समाजमा रहेका विभिन्न संघ संस्थाहरु सँग बृहत् अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरिएको हो ।

सुनिलस्मृति गाउँपालिका वडा न. ०७ का वडा अध्यक्ष रेशम शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा समाजमा बर्तमान समयमा विभिन्न खालका विकृतिहरु भइरहेको र अहिले चाडपर्व नजिकिए सँगै विभिन्न विकृति हुन् सक्ने भन्दै यसलाई न्यूनीकरण गर्नको लागि समाजमा रहेका संपूर्ण बाल क्लब, युवा क्लव, युवा समुह, बाल समुह, देउसीभैलो समुहहरू लाई निश्चित समय सिमा भित्र मात्र आफ्नो भैलो कार्यक्रम सञ्चालन गर्नु हुन वडा अध्यक्ष शर्माले आग्रह गर्नु भएको छ ।

 

कार्यक्रममा बल्दै विभिन्न बाल क्लब, युवा क्लब, देउसि भैलो समुहले देउसि भैलो बाट संकलन भएको रकम विभिन्न सामाजिक कार्यमा लगाउने प्रतिबद्धता समेत जनाएका छन्। उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि, बाल क्लब, युवा क्लब, समाजसेवी, देउसी भैलो समुह , लगाएत को उपस्थित रहेको त्यहा बाट भरत विस्वकर्माले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array