Ad image

रोल्पाका २ आईटीएफ खेलाडीले १ रजत र १ कास्य पदक जिते

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ६ रोल्पा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पा बाट आईटीएफले १ रजत १ कास्य पदक जित्न सफल भएका छन।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पा आईटीएफ तेक्वान्दो संघका खेलाडीहरुले १ रजत र १ कास्य पदक हात पारेको रोल्पा आईटीएफ संघका सचीव कृष्ण प्रसाद बाँठा मगरले जानकारी दिए।

रोल्पा जिल्ला बाट लुम्बिनी प्रदेश छनोटमा नवौं राष्ट्रिय खेलका लागि ४ जना खेलाडीहरु छनोट भएका थिए।जसमा २ जनाले पदक हात पार्न सफल भएका छन।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका २ राङ्सीका सन्देश सुनार ले पुरुष रातो पेटि प्याट्रनमा रजत पदक र परिवर्तन गाउँपालिका २ राङ्सीकै अर्का हेमराज डाँगीले पुरुष ५५-६० केजि तौल समुह स्पाइरिङमा कास्य पदक जित्न सफल भएका हुन।

प्रतिक्रिया दिनुहोस्

Array