Ad image

श्रम गर्दा लाज मान्ने गरेको सुनछहरी गाउँपालिका अध्यक्ष:-पुन

मालश्री खबर
मालश्री खबर ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

राजेश समर्पण नेपाली ,मालश्री खबर, कार्तिक ६ रोल्पा ।हामी नेपालीहरू श्रम गर्न अझै पनि लाजमाने का छाैँ त हामी राेल्पाली तथा नेपाली हरू विदेश जादा जुनसुकै काम गर्ने नेपालीहरू यसरी पछि परेको उहाँले बताउनुभएको थियो । यय अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिदै सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनले यस्तो बताउनुभएको छ ।

उहाले भन्नुभयाे म अाफै एउटा सडकमा तरकारी बेचेर नै जिल्ला समन्वय समितिकाे सदस्य भएको थिए । त्यति मात्र नभए हामी नेपालीले अाफुले पनि राम्रो काम गर्दैनौं अरूले गरेको पनि देख्न सक्दैनौं भने पूरा उँखान पनि रहेको छ । हाम्रो देशमा तथा हाम्रो राेल्पाली युवाहरू विदेशीनु भनेको वैदेशिक हरूका फाईदा हाे हाम्रो देशमा धेरै जमिनहरू बाजाे रहेको छ ।

यहाँ तरकारीहरू लगाए पछि धेरै नाफाहरू यहाँ नै छ पुनःले बताउनुभयो । नेपालमा भिकारी भएको श्रम नगरेर हो, अस्थायी कुर्सि र राजनितिक रहेको समेत जिकिर गर्नुभएको छ । म आफै पनि बुटवलमा भाँडा माझेको हुँ, कुनै मानिसहरुले मलाई यो भएन कमरेडसमेत भनेको थिए । कोरोना आए पछि बुटवलमा चोकमा बसेर तरकारी बेचेर अहिले यहाँसम्म आएको छु ।

हामीले श्रम गर्न लाज हामीले मान्नु हुदैन म कहिले काँही बुटवल गए भने तरकारी नै बेच्छु । गाउँका युवाहरु बिदेश जान्छन गाउँ सुनसान हुन्छ, हामीले गाउँमै केहि गर्द सकिन्छ । हामीले गाउँमै केही गरेर बिधिन्न उद्योग, कलकारखानामा लगानी गर्न सक्छौ । कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकासले युवाहरूलाई नेपाल मै स्वरोजगार बनाउन सकिने उहाँले बताउनु भयो ।

- Advertisement -
Ad image

नेपालका बिभिन्न ठाउँको पहिचान गरेर किसानहरुले कृषि गर्न सकिन्छ उहाँले जिकिर गर्नुभएको छ । यो प्रदेश अन्य प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताउदै यसको प्रचारप्रसार तथा प्रबर्द्धनले पर्यटनको वृद्धि हुनेमा जोड दिनु भएको छ । हामीले आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्

Array