Ad image

माडी गाउँपालिका-३ ले आफ्नो सिमानासम्मका अवरुद्ध सडक खुलायो

मालश्री खबर
मालश्री खबर ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ५ रोल्पा ।  माडी गाउँपालिका(३ तालाबाङ रोल्पाले आफ्नो सिमानासम्मको अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ।बर्षाद र अविरल बर्षाका कारण पहिरोले अवरुद्ध सडकहरु खुलाएको हो।

शनिबार माडी गाउँपालिका-३ को दामाङ देखि परिवर्तन गाउँपालिका-६ को ओहको सिमानासम्मको सडकमा आएको पहिरो हटाएको छ । माडी गाउँपालिका-३ का वडा अध्यक्ष बल बहादुर बुढामगरले बताए अनुसार तिहार अगाडि नै आफ्नो वडामा भएका सबै सडकहरु सञ्चालनमा आउने बताए।साथै अहिले परिवर्तन गाउँपालिका जोड्ने सिमाना,खाराबाङ हुँदै वडा कार्यालय जोड्ने सडकको काम अन्तिम चरणमा भएको र भोलि पर्सि सम्म धनथान,हिपाल भन्ने ठाउँमा काम हुने समेत बताए।

वडाले भाँडामा लिएर मेसिन सञ्चालन गरेको वडा अध्यक्ष बुढामगरले बताए।माडी गाउँपालिकाको सबै वडाका बाटो सञ्चालन भएको आएको माडी गाउँपालिका प्रेस सल्लाहकार बुद्धिमान वलीले जानकारी दिनु भएको छ।वलीका अनुसार सबै वडा बाटो खुलाउने काम भइरहेको छ भने बाँकी रहेका कामहरु तिहार अगाडिनै सकिने समेत बताए।

- Advertisement -
Ad image

साथै माडी गाउँपालिका भित्र ३ वटा वडामा भाँडाका मेसिनहरु प्रयोग भएका छन् भने ३ वटा वडामा भने माडी गाउँपालिकाकै मेसिन प्रयोग भइरहेको समेत बताए।माडी गाउँपालिका(१,२र ६ वडामा पालिकाको आफ्नै मेसिनले काम गरिएको छ भने माडी गाउँपालिका(३,४ र ५ वडामा भाँडाका मेसिनहरुले काम गरिरहेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array