Ad image

जन एकता युवा क्लब फगामको आयोजनामा विविध खेलकुद कार्यक्रमको उद्घाटन

मालश्री खबर
मालश्री खबर ५ कार्तिक २०७९, शनिबार
3 Min Read
Aa

चित्र वियोग झाकृमगर,मालश्री खबर, कार्तिक ५ रोल्पा । समाज रुपान्तरणमा युवाको सहभागिता संगठित युवा आजको आवश्यकता भन्ने मुल नाराका साथ जन एकता युवा क्लब सुनछहरी गाउँपालिका ६ फगाम रोल्पा आयोजना र सोही वडा फगाममा रहेको वडा स्तरीय नेपाल मगर सघंको समन्वयमा शुभ दिपावली २०७९ अवसरमा विविध खेलकुद प्रतियोगिता कार्यक्रम शुक्रबार उदघाटन गरेको छ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथिमा सुनछहरी गाउँपालिकाका प्रवक्ता तथा ६ नम्बर वडा अध्यक्ष अमरजित पुनमगर विशिष्ट अतिथि सुनछहरी गाउँकार्यपालिका सदस्य निर्मला पुन मगर अन्य अतिथिहरुमा वडा सदस्यहरु कर्ण बहादुर पुन,खुम बहादुर रोका क्षेत्री कमला बि.क. नेकपा एमालेका प्रतिनिधि बिन बहादुर घर्ती मगर, नेपाली काग्रेंसका वडा प्रतिनिधि भिम बहादुर पुन नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष ओबिलाल पुन मगर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामका निमित्त प्रधानाध्यापक युवराज घर्ती मगर,नेपाल मगर सघं ६ नम्बर वडाका अध्यक्ष जसबिर पुन मगर, रिपुकोट प्राथमिक विद्यालय फगामका प्रधानाध्यापक कृतमन पुन मगर,खेल प्रशिक्षण वीर बहादुर कुंवर र झक्कु घर्ती विभिन्न खेलाडीका टोली नेताहरूको आतिथ्यता रहेको थियोे ।

तीन दिन सम्म सन्चालन हुने कार्यक्रममा खुल्ला पुरुष भलिबल, खुल्ला हाजिरी जवाफ, रस्सा कस्सी, घैटा फोड र भाले पकड प्रतियोगिता सन्चालन हुने आयोजकले जनाएको छ।खुल्ला भलिबल प्रतियोगितामा जम्मा १२ टिमले सहभागिता जनाएको छन्। कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको शुभ दिपावली २०७९ को शुभकामना आदानप्रदान गरेका थिए ।

- Advertisement -
Ad image

कार्यक्रमका प्रमुख अतिथि ६ नम्बर वडा अध्यक्ष अमरजित पुनले राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल मात्र नभई खेलले युवाहरुको बिचमा एकता सदभाव भाइचारा कायम गरि युवाहरुको साझा सरोकारका बिषयमा बोल्न र युवाहरुको हक अधिकारलाई पुर्णरुपमा सुनिश्चित गर्न खेल क्षेत्रको निकै महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभएको छ।

समाज परिवर्तन गर्ने आशा लाग्दो केहि युवाहरू विभिन्न कुलतमा लागेर विभिन्न समाजिक समस्या उत्पत्ति भएको तितो यथार्थलाई स्मरण गराउदै समाजमा हुने हरेक विकृति निरुत्साहित गरि अबको समाजलाई सहि बाटोमा मार्ग निर्देश गरि सभ्य सुन्दर र समतामूलक समाज निर्माण गर्ने ठुलो अभिभारा युवाहरुमा रहेको कुरा जिकिर गर्नुभएको छ।

अध्यक्ष पुनले सहभागी सबै टिमालाई जितको शुभकामना व्यक्त गर्दै सहभागी र आयोजकलाई खेलखुद अनुशासित मर्यादित ब्यवस्थित बनाउदै सानदार तवरले सम्पन्न गर्न अपिल गर्नु भएको छ।

फरक प्रसंगमा उहाले आउदै गरेका दिपावलीलाई देखासिकी खर्चिलो अनावश्यक तरिकाले नमनाउन र चाडपर्वको अवसरमा घत्ने विभिन्न घटनालाई नियन्त्रण गर्न ,युवा क्लब युवा समूहले आयोजना गर्ने देउसी भैलो कार्यक्रमलाई समेत सान्दर्भिकता बनाउन अनुरोध गर्नुभएको थियो।

क्लबका उपाध्यक्ष सृजना पुनमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन क्लबको महासचिव खेमराज पुन मगरले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रेशम पुन मगरले गर्नुभएको थियो। उदघाटन कार्यक्रममा क्लबका कलाकारले विभिन्न नृत्य समेत प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array