Ad image

द्धन्द्धले रोल्पामा जति पीडा दियो, त्यतिनै बिकास भएको छ – उपप्रमुख गिता आचार्य

मालश्री खबर
मालश्री खबर ४ कार्तिक २०७९, शुक्रबार
3 Min Read
Aa

लोकेन्द्र चन्द

मालश्री खबर, कार्तिक ४ रोल्पा । 
द्धन्द्धले रोल्पामा जति पीडा दियो त्यतिनै बिकास भएको रोल्पा नगरपालिकाकि उपप्रमुख एंव कार्यक्रमका प्रमुख अतिथि गिता आचार्यले बताउनु भएको छ । शुक्रबार सदरमुकाम लिबाङमा द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाको आयोजना र नागरीक आवाज सँगको सहकार्यमा भएको न्यायमा पहँुच सवलीकरण परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रममा नगर उपप्रमुख आचार्यले यस्तो कुरा बताउनु भएको हो । द्धन्द्ध कुनै एक व्यतिको स्वार्थको निम्ती नभएको हुनाले यो समस्या सबैको साझा समस्याको रुपमा भएको बताउनु भएको छ । हिजो १० बर्षे जनयुद्धको समयमा एउटै घर भित्र एउटा राज्य पक्ष बाट पीडिट भएको र अर्को बिद्रोहि पक्षबाट पीडिट भएको हुनाले सबै द्धन्द्ध पीडितलाई न्याय माग्न कँहा जाने भनेर अन्वल भएको समेत उपप्रमु आचार्याले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रखुख जिल्ला अधिकारी नबराज सापकोटाले सबै सरकारी गैर सरकारी कार्यालयल सामाजि लेखा परिक्षण र सार्बजनिक सुनुवाई अनिबार्य गर्नु पर्ने बताउनु भएको छ । शुक्रबार सदरमुकाम लिबाङमा द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाको आयोजना र नागरीक आवाज सँगको सहकार्यमा भएको न्यायमा पहँुच सवलीकरण परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले यस्तो कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

कुनै पनि सरकारी गैरसरकारी कार्यालय बाट हुने सेवा प्रबाहको बारे केछ भनेर सबैले थाहा पाउने गरि सामाजिक लेखा परिक्षण र सार्बजनिक सुनुवाई को माध्यम बाट नै सबै कुरा थाहा पाउन सकिने बताउनु भएको छ । अहिले पनि कति पय यस्ता सरकारी गैरसरकारी कार्यालयले सामाजिक लेखा परिक्षण र सार्बजनिक सुनुवाई नगर्दा त्यस्ता कार्यालय भित्र के भएको छ, भनेर सबैले थाहा पाउन नसकेको समेत प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भएको थियो ।

द्धन्द्ध पीडित र अन्य सरोकारवाला पक्ष सबैलाई समेतेर सार्बजनिक सुनुवाई कार्यक्रम गर्न सकेकोमा आयोजकलाई धन्यवाद समेत दिनु भएको थियो । सोहि प्रसंगमा बोल्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले द्धन्द्ध बाट प्रभाबितहरु सँग मात्र नभैई त्यस सँग जोडिएका अन्य पीडिटलाई पनि जोडेर कार्यक्रम गर्नु पर्ने सुझाब समेत दिनु भएको थियो । अहिले पनि रोल्पामा द्धन्द्धकै कारण आत्म हत्या र बालबिबाह गर्ने को दर लाग्दो अवस्थामा रहेको समेत बताउनु भएको थियो ।

आफ्नो प्रयासमा २५ प्रतिशत सम्म घाइते अपाङ्ग भएका ब्यतिले पनि राहत पाउने व्यवस्था मिलाएको बताउनु भएको थियो । रोल्पा अहिले बन्दुक र एम्बुस नपड्किए पनि आत्म हत्या र बालबिबाह भने दरलाग्दो अवस्था पड्कि राखेको बताउनु भएको छ ।

कार्यक्रमा नेपाली कांग्रेस रोल्पाकी उपसभापती कबिता उपाध्याय, नेकपा माओबादी केन्द्र रोल्पा नगरपालिका सयोजक फबिन्द्र आचार्य, रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बिनोद घिमिरे, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश उपसचिब अर्जुन डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, महिला मानब अधिकार रक्षक सञ्जाल रोल्पाकि अध्यक्ष तिर्था आचार्य, जिल्लामा क्रियाशिल बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार, द्धन्द्ध पीडिट, लगाएत सरोकारवाला पक्षहरुको कार्यक्रमा सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल रोल्पाकि संयोजक श्रीकुमारी घर्तिले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्