Ad image

गठबन्धन समृद्ध देश निमार्णको लागी भएको हो – नेता जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर ३ कार्तिक २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ३ रोल्पा ।
गठबन्धन चुनाव जित्नको लागी नभएर समृद्ध देश निमार्ण गर्नको लागी भएको नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । बिहिकार बाम—लोकतान्त्रिक गठबन्धन सुनिल स्मृती गाँउपालिकाले आयोजना गरेको सयुक्त साँझा भेला यस्तो कुरा बताउनु भएको हो ।

भेलालाई सम्बोधन गर्नको लागी प्रमुख अतिथिको रुपमा पुग्नु भएको नेता महराले गठबन्धन खाली चुनाव जित्नको लागी भएको भनेर नबुझ्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।
राष्ट्रको आवश्यकता अनुसार राष्ट्रिय स्तरमै गठबन्धन भएको हुनाले रोल्पामा गठबन्धनका कुनै पनि दलले घाटा नाफाको हिसाब नगरेर गठबन्धनको भाबना र मर्म अनुसार अगाडी बढ्न समेत सबै नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । यो कुनै एक दुई जना व्यतिको स्वार्थको लागी मात्र गठबन्धन नभएको बताउदै, देशमा लोकतान्त्रिक व्यवस्था शान्ति र संबिधानको रक्षा एंव राजनितिक स्थायित्वको निम्ती भएको हुनाले गठबन्धनका सबै नेता कार्यकर्ताहरु गठबन्धनको बिरुद्धमा नलाग्ने चेतावनी समेत दिनु भएको छ ।
त्यस्तै भेलालाई सम्बोधन गर्नको लागी बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगर राजनितक दल र नेतहरु जहिले पनि इमान्दार भएर देशमा सासन व्यवस्था संचाल गर्नु पर्ने बताउनु भएको थियो । केपी शर्मा वलीमा इमान्दारिताको राजनितिक सस्कार नभएको बताउनु भएको थियो । वलीले राष्ट्रको बारेमा भन्दा पनि आफू र आफ्नो पाटीको स्वार्थको बारेमा मात्र चिन्ता गर्दा देशलाई उनले दुई बर्षमै यो अबस्थामा पु¥याएको समेत आरोप लगाउनु भएको थियो । यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो ।

- Advertisement -
Ad image

सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो । यो देशको तानाशाहि राजा ज्ञानेन्द्र फाल्न भन्दा केपि शर्मा वली फाल्न गाह्रो भएको हुनाले, अब सबै यो देशको रक्षाको निम्ती भए पनि गठबन्धनका सबै शत्ति एक भएर लाग्नु पर्ने नेता घर्तिले बताउनु भएको थियो । गठबन्धनलाई जस्ले जसरी बुझेपनि यो गठबन्धन पबित्र र राष्ट्रिय हितमा भएको समेत नेता घर्तिले बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र प्रदेश सभा १ क का अध्यक्ष एंव नेकपा माओबादी केन्द्रको तर्फ बाट प्रतिनिधी सभामा समानुपातिक उम्मेदवार आशबहादुर पुनमगर , नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्तिमगर, नेपाली कांग्रेस रोल्पाका उपभापती कबिता उपाध्याय, नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सभापति दृर्गा बहादुर खड्काले लगाएतको पनि आतिथ्यता भएको आयोजकले जानकारी दिएको छ । भेलामा लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता नेकपा माओबादी केन्द्र सुनिल स्मृती गाँउपालिका सचिब रत्न महराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस सुनिल स्मृती गाँउपालिका सभापति आशिष गिरीले गर्नु भएको थियो ।

भेला बाट रत्न महराको सयोजकत्वमा सुनिल स्मृती गाँउपालिका भित्रका सबै वडामा समेत बाम लोकतान्त्रिक गठबन्धनको वडा स्तरीय प्रचार प्रसार समिती गठन गर्ने निर्णय समेत गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्