Ad image

रोल्पाको परिवर्तन गाउँपालिकाले भोलि श्रमिक दिवस मनाउने 

मालश्री खबर
मालश्री खबर ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,

मालश्री खबर, कार्तिक ३ रोल्पा । रोल्पा परिवर्तन गाउँपालिकाले भोलि कार्त्तितक–४ गते शुक्रबारका दिन श्रमिक दिवस मनाउने निर्णय गरेको छ । “परिवर्तन गाउँपालिकाको आह्वान,श्रमको सम्मान“भन्ने मुल नाराका साथै श्रमिक दिवस मनाउन लागेको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले जानकारी दिनु भएको छ ।

परिवर्तन गाउँपालिकाको ७ औं कार्यपालिकाको बैठक असोज ०२ गते बसेको निर्णयले कार्त्तितक–४ गतेलाई श्रमिक दिवस मनाउने निर्णय गरेको समेत न्यौपानेको भनाइ रहेको छ । कार्त्तितक–४ गते श्रमिक दिवस मनाउने परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले सोच गरेको बताउदै आम परिवर्तन गाउँपालिका बासी जनसमुदायहरु, कर्मचारी, शिक्षक, व्यापारी लगाएत परिवर्तन गाउँपालिकाको सानलाई सहयोग गर्ने गरि भोलि ९ बजे देखि ४ बजेसम्म ८ घण्टा काम गर्ने गरि जुट्न परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले आह्वान समेत गर्नु भएको छ ।


माथिल्लो राज्यको संघ सरकारको,प्रदेश सरकारको मुख नताकी, स्थानीय सरकारको स्रोत साधनले भ्याए सम्म के काम गर्ने त्यसमा सरल बनाइ जनश्रम परिचालन गरे समृद्ध परिवर्तन बनाउन सहयोग पुग्ने भएकाले त्यसमा सहयोग गर्न समेत अपिल गर्नु भएको छ । बुढामगरले सबै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई आ–आफ्नो पाएक पर्ने ठाउँमा श्रम–डे लेखिएको प्लेकार्ड लिएर टोल टोलमा गएर श्रम गरि मनाउन समेत आग्रह गर्नु भएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array