Ad image

यौन तथा प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धि नागरिक समाजसंग समिक्षा गोष्ठी लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ३ कार्तिक २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ३ रोल्पा । पास नेपाल रोल्पाले यौन तथा प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धि नागरिक समाजसंग समिक्षा गोष्ठी सम्पन्न गरेको छ । नागरिक समाजसंग सरोकारवाला निकायहरुको सहभागितामा एक दिन समिक्षा गोष्ठी लिबाङमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा रोल्पामा यौन शिक्षा तथा प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन सेवा प्रभावकारी बनाउनका लागि भए गरेका प्रयासहरुका बारेमा छलफल गरिएको थियो । यि सेवाहरुलाई स्थानिय सरकारले कसरी प्रभावकारी बनाउन सक्छन, अहिले भए गरेका गतिविधीहरु कस्तो छ र आगामि दिनमा यौन तथा प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरिएको थियो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले धेरै कुरा उल्ले गर पनि स्थानिय सरकारले सेवा प्रवाहमा ध्यान नदिएको गुनासो गरिएको छ । ऐनमा प्रजनन स्वास्थ्य अधिकार, गोपनियता, सुरक्षित मातृत्व तथा नवजात शिशु, नवजान शिशुको स्वास्थ्य स्याहार, शिशुको जन्मको अभिलेख राख्नु पर्ने, सरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य रुग्णता, मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि बजेट विनियोजन तथा अनुदान, कसुर र सजाय लगाएत प्रजनन स्वास्थ्य सेवा र प्रजनन स्वास्थ्य अधिकारमा बारेमा विभिन्न कुराहरु उल्लेख गरिएको छ ।

कार्यक्रममा उक्त ऐनमा लेखियका कुराहरु कार्यन्वयन गर्नमा नागरिक समाजको तर्फबाट कसरी दवाफ दिन सकिन्छ, रोल्पामा नागरिक समाजलाई कसरी सकृय बनाएर लैजाने, नागरिक समाज आफैले यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका बारेमा जागरण फैलाउने सेवालाई प्रभावकारी बनाउनेमा कसरी ध्यान दिन सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लंगिक हिसाको हुनुको कारण र असर, असुरक्षित गर्भपतन हुनुको कारण र असरका बारेमा वृक्ष चित्र बनायर विष्लेसन गरिएको थियो ।
पास नेपाल रोल्पाले हाल जिल्लाको थबाङ, माडि, रुन्टिगढी र लुग्री गाउँपालीकामा आफ्नो परियोजना कार्यन्वयन गरिरहेको छ । परियोजना कार्यन्वयन भएको पालिकाहरुमा यौन तथा प्रजनन स्वास्थ्य सेवा, प्रजनन अधिकार, लैगिक हिंसा र सुरक्षित गर्भपतनका बारेमा विभिन्न जागरणमुलक गतिविधीहरु गर्दै आएको छ । परियोजना लागु भएको पालिका तथा अन्य पालिकाका महिला, किशोरी र सम्वन्धित पुरुषहरुका लागि पनि जनचेतना फैलाउनका लागि रेडियो कार्यक्रम मेरो स्वास्थ्य मेरो अधिकार पनि संचालन गरिरहेको छ । यसका साथै पालिकाका विभिन्न स्थानहरुमा यौन तथा प्रजनन स्वास्थ्य, लैगिक हिंसा र सुरक्षित गर्भपनतका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ ।

- Advertisement -
Ad image

आज सम्पन्न नागरिक समाजसंगको समिक्षा गोष्ठीमा पास नेपाल रोल्पाका जिल्ल कार्यक्रम संयोजक ममता खत्री, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेल, रोल्पा अस्पतालकी नर्सिङ अधिकृत मिना कवर, रोल्पा नगरपालिका स्वास्थ्य शाखाका संयोजक टंक गिरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सस्थापक अध्यक्ष काँशीराम डाँगी, पुर्व अध्यक्ष खेमबहादुर बुढा, निवर्तमान अध्यक्ष महेश न्यौपाने, वर्तमान अध्यक्ष नविनलोचन मगर, एकल महिला रक्षक संजालकि अध्यक्ष तुलसा आचार्य अधिबत्ता दामोदर सुवेदी, जिल्लामा संचालित विभिन्न संचार माध्यममा कार्यरत पत्रकार, बुद्धिजिवी, नागरिक समाजका अगुवा लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array