Ad image

निर्वाचन आचारसंहिता पालना गर्न सबै निकायलाई परिवर्तन गाउँपालिकाको आग्रह

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जारी भएको निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

पालिकाले बुधबार एक सूचना जारी गर्दै, निर्वाचन आचारसंहिता,२०७९ पालना गर्नुपर्ने दायित्व भएकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट संचालित परियोजना, विकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरि पालना गर्न आग्रह गरेको हो । साथै कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक संजालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामाग्री पोष्ट वा शेर गर्ने वा आफ्नो सामाजिक संजाल मार्फत मत माग्ने लगायतका आचारसंहिता विपरीतको काम कार्वाही गरेमा निर्वाचन आयोग ऐन,२०७३,निर्वाचन (कसुर र सजाय) ऐन २०७३, निर्वाचन आचारसंहिता २०७९ तथा प्रचलित कानून बमोजिम विभागीय कार्वाही हुने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेद्वारा हस्ताक्षर सूचनामा जनाइएको छ । न्यौपानेले निर्वाचन आचारसंहिता अनुरुपको आचरण पूर्ण रूपमा पालना गर्नुहुन अनुरोध गर्नु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array