Ad image

त्रिवेणी गाउँपालिका स्तरीय तेक्वान्दो प्रतियोगिता जारी

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
6 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र हामी सबैको लागि खेलकुद” भन्ने मूल भाव सहित त्रिवेणी गाउँपालिका स्तरीय तेक्वान्दो प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्षता त्रिवेणी गाउँपालिका तेक्वान्दो विकास समितिका अध्यक्ष टेकराज पुनमगर, प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, विशेष अतिथि रोल्पा जिल्ला खेलकुद विकास सतिका उपाध्यक्ष तथा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री रहनु भएको थियो ।

 

- Advertisement -
Ad image

कार्यक्रमको अन्य अतिथिहरुमा त्रिवेणी गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष तिलाकुमारी वली, वडा नं. ४ का वडा अध्यक्ष गंगाप्रसाद घर्ती, वडा नं. ५ का वडाअध्यक्ष कृष्णबहादुर के.सी., रोल्पा जिल्ला तेक्वान्दो संघका सल्लाहकार ईश्वर के.सी., तेक्वान्दोका राष्ट्रिय खेलाडी हुकुमकृष्ण सिंह, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक जिवराज भण्डारी, पालिका स्थित तेक्वान्दोका डोजाङ प्रमुख, राजनीतिक दल, यूवा क्लबका अध्यक्ष तथा प्रतिनीधिहरु, व्यापारी, उद्योगी, निर्माण व्यवसायी, बुद्धिजिवी, कर्मचारी, सुरक्षाकर्मी, खेलाडी, शिक्षक, खेलप्रेमी लगायतका महानुभावहरुको उपस्थितिरहेको थियो ।

उक्त समारोहमा पालिकाकाका तेक्वान्दो खेलाडीहरु लगायतले त्रिवेणी पालिकाको नेर्पा बजार परिक्रमा गरी कोण सभामा परिनत भएको थियो । पालिकाका खेलाडीहरुले नृत्य सहित डेमोड्रेसन  समेत प्रस्तुत गरेका थिए । उपस्थित वडा अध्यक्षहरुको तर्फबाट स्वागत मन्तव्य दिदै वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर के.सी.ले त्रिवेणी गाउँपालिकामा २०७७ सालदेखि तेक्वान्दो खेल शुरु भएको र यस खेललाई आफ्नो वडाबाट अघिल्लो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको र यस आबमा पनि विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै पालिकाबाट पनि सबै जनप्रतिनीधिहरुबाट साथ सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममा विशेष अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तथा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले खेलकुद क्षेत्र भनेको हामी मानब जातिको लागि अस्पताल भएको बताउदै कुनै पनि राष्ट्रको चौतर्फी विकासमा खेलकुदको ठुलो योगदान रहेको बताउनु भएको छ ।  जबसम्म राष्ट्रका नागरिक निरोगी तथा अनुशासित हुदैन तबसम्म त्यो राष्ट्रले विकासको खुट्किलो पार गर्न नसक्ने भन्दै खेलकुद एउटा यस्तो शारीकि क्रियाकलाप हो जसको माध्यमबाट कुने पनि नागरिक निरोगी, स्वस्थ तथा अनुशासित बन्ने धारणा ब्यक्त गर्नु भएको छ । मार्सल तेक्वान्दो खेललाई अवको समयमा मानसिक तथा शारीकि रुपमा मजबुद बनाउने मात्र नभई मार्सल आर्टले निरोगी, स्वस्थ तथा अनुशासित बनाउनेमा पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै मार्सल आर्ट तेक्वान्दो खेल कहाँबाट उत्पति भएको  र तेक्वान्दो खेलको बारेमा पनि उपस्थित सम्पूर्णमा अवगत गराउनु भएको थियो ।

तेक्वान्दो खेललाई सो पालिकामा भित्राई राष्ट्रिय प्रतियोगितामा समेत पुर्याउनु हुने रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष, त्रिवेणी तेक्वान्दो विकास समितिका सचिब तथा निर्णयक, प्रशिक्षक त्रिभुवन रानामगर, रोल्पा जिल्ला तेक्वान्दो संघका सल्लाहकार तथा निर्णायक, प्रशिक्षक ईश्वर के.सी., बुढागाउँ तेक्वान्दोका डोजाङ प्रमुख तथा प्रशिक्षक सिता खड्का लगाएत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुका साथै आगामी दिनमा उक्त खेललाई अझ माया गरिदिनु हुनेछ भन्ने विश्वास लिएको बताउनु भएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा धेरै पदक लिने खेल, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएको खेल, नेपालमा तेक्वान्दो खेललाई दोस्रो सेनाको रुपमा पनि चिनिने  तेक्वान्दो खेल भएको कुरा राख्दै उक्त पालिकामा नियमित २५० जना खेलाडीहरुले प्रशिक्षण लिनुका साथै पालीका भरी २० जना खेलाडीले कालो पेटी प्राप्त गरी सकेको कुरा बताउनु भएको थियो ।

नबौ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला स्तरीय छनोट प्रतियोगितामा त्रिवेणी पालिकाका विभिन्न विधाका २६ जना खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनुका साथै १ जना खेलाडी त्रिवेणी पालिकाबाटै राष्ट्रिय प्रतियोगितामा भागलिन सफल भएका छन् । रोल्पा जिल्ला खेलकुदका स्थापना कालदेखि हालको नबौ राष्ट्रिय प्रतियोगितामा रोल्पा जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडीहरु नबौ राष्ट्रिय प्रतियोगितामा २१ जनाले भागलिएकोमा यो रोल्पा जिल्ला खेलकुद विकास समिति र रोल्पा जिल्लाको लागि ऐतिहासिक कुरा भएको पनि बताउनु भएको छ । यसमा सबै स्थानीय सरकार, जिल्ला, स्थित विभिन्न खेल विधाका संघ, पालिकाका विभिन्न खेल विधाका संघहरुकै देनले गर्दा जिल्लाबाट राष्ट्रिय प्रतियोगितामा यति धेरै खेलाडीले भाग लिन सफल भएको उहाको धारणा छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगीले नेपालको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पर्दशन गर्दै आइरहेको कुरा बताउनुका साथै आफु त्रिवेणी गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष हुँदा पनि वडाबाट तेक्वान्दो खेलाकालागि खेलकुद सामग्री किन्ने भनेर बजेट विनियोजन गरेको र अव थप पालिकाको तेक्वान्दो खेल लगायत समग्र खेललाई अगाडी लैजाने कुरा बताउनुका साथै तेक्वान्दो खेलले केही वर्षमै पालिकाका खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिई सकेकोले उक्त खेलालाई प्राथमिकतामा राखिने कुरा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सभाअध्यक्ष तथा त्रिवेणी गाउँपालिका तेक्वान्दो विकास समितिका अध्यक्ष टेकराज पुनमगरले त्रिवेणी गाउँपालिकामा तेक्वान्दो खेललाई तेक्वान्दो हव बनाउने र पालिकाको सबै माध्यमिक विद्यालय लगायत सबै क्षेत्रमा तेक्वान्दोलाई विस्तार गर्नमा पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत कार्यपालिका परिवार, सबै वडाका वडाअध्यक्ष, सदस्यहरु लगायत राजनीतिक दल, तेक्वान्दोका डोजाङ प्रमुख, प्रशिक्षक, खेलाडी, त्रिवेणीका नागरिकहरु, स्थानीय सरकारका कर्मचारी, यूवा क्लब, व्यापारी, उद्योगी, निर्माण व्यवसायी, बौद्धिक वर्ग,सुरक्षाकर्मी, खेलप्रेमी लगायतका सबैको साथ र सहयोगले अगाडी बढ्न सकिने कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तथा त्रिवेणी गाउँपालिका तेक्वान्दो विकास समितिका सचिब त्रिभुवन रानाले संचालनगर्नु भएको थियो । त्रिवेणी गाउँपालिका स्तरीय तेक्वान्दो प्रतियोगिता कार्तिक १ गतेदेखि ३ गतेसम्म संचालन हुने र उक्त खेलमा पालिका भरीका विभिन्न तौल समूहमा १३६ जना खेलाडीले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array