Ad image

गठबन्धन गर्न केपी शर्मा वलीले बाध्य बनाए-नेता जोख बहादुर

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।
केपी शर्मा वलीले नै गठबन्धन नगरि नहुने बाध्यता बनाएको नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । आज बाम—लोकतान्त्रिक गठबन्धन रुन्टिगढी गाँउपालिकाले आयोजना गरेको सयुक्त साँझा भेला यस्तो कुरा बताउनु भएको हो ।

 

 

- Advertisement -
Ad image

भेलालाई सम्बोधन गर्नको लागी प्रमुख अतिथिको रुपमा पुग्नु भएको नेता महराले यो देश केपि शर्मा वली जस्तो प्रतिगमनकारीको खतरामा भएको हुनाले गठबन्धन गर्नु परेको नेता महराले बताउनु भएको थियो । गठबन्धन खाली चुनाव जित्नको लागी भएको भनेर नबुझ्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । राष्ट्रको आवश्यकता अनुसार राष्ट्रिय स्तरमै गठबन्धन भएको हुनाले रोल्पामा गठबन्धनका कुनै पनि दलले घाटा नाफाको हिसाब नगरेर गठबन्धनको भाबना र मर्म अनुसार अगाडी बढ्न समेत सबै नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । यो कुनै एक दुई जना व्यतिको स्वार्थको लागी मात्र गठबन्धन नभएको बताउदै, देशमा लोकतान्त्रिक व्यवस्था शान्ति र संबिधानको रक्षा एंव राजनितिक स्थायित्वको निम्ती भएको हुनाले गठबन्धनका सबै नेता कार्यकर्ताहरु गठबन्धनको बिरुद्धमा नलाग्ने चेतावनी समेत दिनु भएको छ ।

त्यस्तै भेलालाई सम्बोधन गर्नको लागी बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगर यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

यो देशको तानाशाहि राजा ज्ञानेन्द्र फाल्न भन्दा केपि शर्मा वली फाल्न गाह्रो भएको हुनाले, अब सबै यो देशको रक्षाको निम्ती भए पनि गठबन्धनका सबै शत्ति एक भएर लाग्नु पर्ने नेता घर्तिले बताउनु भएको थियो । गठबन्धनलाई जस्ले जसरी बुझेपनि यो गठबन्धन पबित्र र राष्ट्रिय हितमा भएको समेत नेता घर्तिले बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र प्रदेश सभा १ क का अध्यक्ष एंव नेकपा माओबादी केन्द्रको तर्फ बाट प्रतिनिधी सभामा समानुपातीक उम्मेदवार आशबहादुर पुनमगर , नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सभापति दृर्गा बहादुर खड्काले पनि सम्बोधन गर्नु भएको आयोजकले जानकारी दिएको छ । भेलामा लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धनका नेता एंव नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिका उपसभापति उपेन्द्र सिंह ठकुरी अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्र रुन्टिगढी गाँउपालिका सचिब मिन बहादुर थापा मगरले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array