Ad image

चौबिसै घन्टा जनताकोे सेवामा लाग्न प्रहरीलाई – प्रजिअ सापकोटाको निर्देशन

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

 

मालश्री खबर, कार्तिक १ रोल्पा ।

सत्य सेवा सुरक्षनःमको भावना अनुसार चौबिसै घण्टा जनताको सेवामा लाग्न रोल्पा प्रहरीलाई प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले निर्देशन दिनु भएको छ । सोमबार ६७ औ प्रहरी दिवश अवसरमा पारेर आयोजना गरिएको एक कार्यक्रममा यस्तो निर्देशन दिनु भएको बताइएको छ । प्रहरीले चौबिसै घण्टा घाम ,पानी नभनी आफ्नो ज्यानको बाजि राखेर नागरीकको सेवामा समर्पित भएको समेत अधिकारीले बताउनु भएको थियो ।

यसैेका कारणले रोल्पा जिल्लामा हुन सक्ने आपराधीक घटनामा कमि आएको कुरा सापकोटाले राख्नु भएको थियो । जहिले पनि राम्रो कामको एक दिन अवस्य मुल्याङकन हुने भएको हुनाले सबै आम नागरिकको सेवालाई उच्च कार्य ठान्नु पर्ने प्रहरीलाई सुझाब दिनु भएको थियो ।

- Advertisement -
Ad image

 

अहिले पनि नेपाल प्रहरी समाजमा घट्ने बालविबाह ,आत्महत्या न्यूनिकरण ,लागुपदार्थ ओसर पसार लगाएतका अपराधी क्रियाकलाप नियन्त्रण गर्न र यस्ता कार्यलाई समाजमा हुनै नदिने कार्यमा लाग्न प्रहरीलाइ निर्देशन समेत दिनु भएको थियो ।

 

प्रहरी पेशा अति संबेदनशिल पेशा भएको हुनाले सधै प्रहरी अनुशासनमा रहेर आफ्नो चेन अफ कमाण्डको पालना गर्नु पर्ने बताउनु भएको थियो । अनुशानमा नबस्ने र संगठनको चेन अफ कमाण्ड भित्र नरहने प्रहरीलाई तत्काल कार्बाही गर्नु समेत निर्देशन दिनु भएको थियो ।

 

सिमित स्रोत र साधनको बाबजुत पनि रोल्पा प्रहरीले थवाङ गाँउपालिका र परिवर्तन गाँउपालिको केहि स्थानमा लुकि छिपि करिब ४ सय रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गर्नुको साथै सुनिल स्मृतीको गाँउपालिको खुङ्ग्रीमा लुकाई छिपाई लैजान लागेको चरेस समाउन सफल भएकोमा प्रहरीको कार्यलाई उच्च सफलताको मुल्यान्कन सहित धन्यबाद समेत प्रमुख जिल्ला अधिकारी सापकोटाले दिनु भएको थियो ।

 

अहिले पनि प्रहरीहरु भाँडाको भबनमा बसेर सिमित श्रोत साधनको बाबजुत दिनरात जनताको सेवामा लागेको हुनाले, आम नागरिकले पनि प्रहरीलाई समाजको शान्ति सुरक्षाको कायमको लागी साथ दिनु पर्ने बताउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array