Ad image

प्रहरी दिवशको अवसरमा अमर प्रहरीका परिवारहरूलाई सम्मान

मालश्री खबर
मालश्री खबर ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

 

मालश्री खबर, असोज ३१ रोल्पा ।

६७ औ प्रहरी दिवश २०७९ विविध कार्यक्रम गरी आज सोमबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूमा कार्यक्रम गरी प्रहरी दिवश मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख शुरेन्द्र थापा घर्ती र विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अमर प्रहरीका परिवार लक्ष्मी डाँगी, निमा थापा र निम कुमारी रानालाई दोसल्ला ओढाई सम्मानित गर्नुभएको हो ।

- Advertisement -
Ad image

नगर प्रमुख सुरेन्द्र थापाले प्रहरी भएर नै समाजमा शान्ती सुरक्षा अमन चयन कायम भएको बताउनु भयो । प्रहरीले हरबखत २४ घण्टा घाम ,पानी नभनी नागरीकको सेवामा समर्पित भएकै कारण विभिन्न आपराधिक घटनामा कमी आएकोले आगामी दिनहरूमा पनि अझ सक्रियताका साथ लागी पर्न र जनताको ज्युधनको रक्षा गर्न, अन्यायमा परेकालाइ न्याय दिनु प्रहरीको प्रमुख दायित्व भएको नगर प्रमुख थापा घर्तीले बताउनुभयो ।

 

सम्मान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव.उपरीक्षक. विनोद घिमिरेको अध्यक्षता रहेको थियो । कार्यक्रमा बिभिन्न कार्यालयका प्रमुखहरु, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीहरु पत्रकार, प्रहरी कर्मचारी, सर्वसाधारणहरूको उपस्थितिमा प्रहरी दिवश मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array