Ad image

बर्षातका कारण भएका क्षेतिको विवरण १ हप्ता भित्र पठाउनुस – प्रजिअ सापकोटा

मालश्री खबर
मालश्री खबर ३० आश्विन २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, असोज ३० रोल्पा ।

वर्षातको समयमा भएको क्षेतिको विवरण एक हप्ता भित्र पठाउन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्देशन दिनु भएको छ । जिल्ला स्तरिय विपत ब्यवस्थापन समितीका संयोजक समेत रहनु भएका सापकोटाले साउन महिनादेखि अहिले सम्म भएको क्षेतिको विवरण पठाउन आग्रह गर्नु भएको हो ।

 

आज बसेको जिल्ला स्तरिय बिपत व्यबस्थापन समितिको बैठकमा उहाले यस्तो आग्रह गर्नु भएको हो । दशैँको आसपासकादेखि भएको भारी वर्षातका कारण रोल्पा जिल्लाका भिन्न स्थानमा क्षेति पु¥याएको छ । यो वर्षातको समयमा मानविय क्षेती नभए पनि भौतिक क्षेती भएको बिवरण प्रस्तुत गर्दै जिल्लाभर भएको भौतिक क्षेतीको बिवरण सबै स्थानीय तहहरुले जिल्लाको बिपत व्यबस्थापनमा समितीमा पाठाउने निर्णय गरिएको छ ।

- Advertisement -
Ad image

पछिल्लो समयको बर्षातले जिल्ला भित्रका सडकहरु, स्थानिय सरकारले बनाएका सडकहरु, सडक पुर्वाधार बिकाश कायालय, शहिद मार्ग, संघ, प्रदेशले बनाएका सम्पुर्ण सडकहरु बिग्रीएका छन । नेपालीको महान चाड दिपावली भन्दा अगाडी नै यि सबै सडकहरु मर्मत गरी चाडपर्बको समयमा नागरिकलाई यात्रा गर्न सहज बनाउन स्थानीय सरकार र सम्बन्धित निकायहरुलाई आग्रह समेत गरिएको छ । बिगतमा बिपद बाट भएको खर्चको अनुमोदन गरिनुका साथै पछिल्लो समयमा बिपदका कारणले भएको क्षेतीको अनुमोदन गरि रकम निकासाको लागी सम्बन्धित निकायमा पठाउने समेत निर्णय भएको बताइएको छ ।

 

कार्यक्रममा जिल्लामा रहेका विभिन्न पालिकाका प्रमुखहरु, जिल्ला बिपत व्यबस्थापन समितिका पधादिकारीहरु, सडक पुर्वाधार बिकाश कार्यालय, शहिद मार्ग, भु तथा जलाधार ब्यवस्थापन कार्यालय, प्रहरी, नेपाली सेना, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल, पत्रकार , नेपाल रेडक्रस सोसाइटी, रोल्पा उद्योग बाणिज्य संघ लगाएतका  प्रमुख, प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array