Ad image

रोल्पा नगरपालिकाद्वारा ८ वटा संस्थाहरुलाइ फिल्टर तथा खानेपानी ट्याङ्की वितरण

मालश्री खबर
मालश्री खबर ३० आश्विन २०७९, आईतवार
2 Min Read
Aa

 

मालश्री खबर, असोज ३० रोल्पा ।

रोल्पा नगरपालिका भित्रका ५ वटा बिद्यालय र ३ वटा स्वास्थ्य संस्था गरी ८ वटा संस्थाहरुलाई आर.ओ फिल्टर तथा खानेपानी टयाङकी वितरण गरिएको हो । रोल्पा नगरपालिकाले खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत बिद्यालयका साथै स्वास्थ्य संस्थाहरुमा खानेपानी सरसफाई सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

खानेपानी स्वच्छताको अवस्था सुधार गर्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले बताउनु भएको छ । युनिसेफको आर्थिक सहयोग, हुरेक रोल्पाको प्राविधिक सहयोग तथा रोल्पा नगरपालिका अन्र्तगतको वास कार्यक्रमको आयोजनामा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

- Advertisement -
Ad image

नगर उपप्रमुख गिता आचार्य, रोल्पा नगरपालिका १ नम्बर वडा अध्यक्ष खुमबहादुर थापा, रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

 

कार्यक्रमको अवसरमा बागेश्वरी मा.बि. लिउन रोल्पा न.पा. ९, हिमालय मा.बि. गापा रोल्पा नगरपालिका १०, ईन्द्रेश्वरी मा.बि. खँेवासे रोल्पा नगरपालिका १, बागेश्वरी आ.बि. तित्रीकोट रोल्पा न.पा. ४, बालहित आ.बि. रोल्पा न.पा. ७ घापा, आधारभुत स्वास्थ्य इकाइ सेवा केन्द्र रोल्पा न.पा. २ देउराली, आधारभुत स्वास्थ्य इकाइ सेवा केन्द्र रोल्पा न.पा. १ खेँवासे, लिबाङ स्वास्थ्यचौकी रोल्पा नगरपालिका वडा नं. ४ लगायतलाई उक्त खानेपानीको सामाग्रीहरु वितरण गरिएको हो ।

नगरपालिका अन्र्तगतको वास रोल्पाले यस अघि पनि बिद्यालय र स्वास्थ्य संस्था गरी ८ वटा संस्थाहरुलाई खानेपानीको सामाग्री वितरण गरिसकेको वास कार्यक्रम संयोजक निशान आचार्यले जानकारी दिनुभयो । खानेपानी स्वच्छताको क्षेत्रमा यस कार्यक्रमले विभिन्न सहयोग तथा समुदायस्तरमा सचेतना प्रवाह गर्ने, निशुल्क पानी जाँच गर्ने लगायतका कार्यक्रमहरु गरिरहेको संयोजक आचार्यले बताउनुभयो ।

कार्यक्रममा रोल्पा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, स्वास्थ्य संस्था, बिद्यालयका प्रधानाध्यापकहरु तथा प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको हाम्रा सहकर्मी राजेश समर्पण नेपालीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array