Ad image

रोल्पामा बहसको विषय बनेका सिजलको उमेद्वारी निष्कृय बनाउछाैँ– उपमहासचिव पुन

मालश्री खबर
मालश्री खबर २९ आश्विन २०७९, शनिबार
5 Min Read
Aa

मालश्री खबर, असोज २९ रोल्पा ।
स्वतन्त्रबाट उमेद्वारी दिएका दिपेन्द्र पुन सिजल रोल्पाका लागि बहसको विषय बनेको नेकपा माओवादी केन्द्रका केन्द्रि उपमहासचिव वर्षमान पुनले बताउनु भएको छ । जिल्ला इन्चार्ज समेत रहनु भएका पुनले स्वतन्त्र बाट प्रदेश सभा ख मा उमेद्वारी दिए पछि उँहा रोल्पामा बहसको विषय बन्नु भएको हो ।

 

गठवन्धल दलहरुद्धारा रोल्पाको सदरमुका लिबाङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उँहाले यस्तो बताउनु भएको हो । रोल्पाबाट संघिय सांसदको उमेद्वारी दिनु भएका पुनले प्रदेश सभा ख बाट उमेद्वारी दिनु भएका पुनको उमेद्वार निष्कृया बनाउने समेत बताउनु भएको छ । १० वर्षे शसस्त्र युद्धमा धेरैको अंगभंग भएको, घाइते, अपांग, शहिद, बेपत्ता भएको स्मरण गर्दै पुनले माओवादी काँग्रेसले १२ बुदे सम्झौता गरेदेखि नै एकताको सुरुवात गरेकाले अहिलेको गधबन्धनलाई आश्चर्य नमान्न आग्रह गर्नु भएको छ ।
पत्रकार सम्मेलन लाई सम्वोधन गर्दै प्रदेश सभा क का उमेद्वार जोखबहादर महराले राजनितिक उदेश्यका लागि, लोकतन्त्र, गणतन्त्र प्राप्ति संग देशको संबृद्धि र संविधानको रक्षाका लागि माओवादी काँग्रेस सधै एक ठाउँमा रहेर विश्वलाई शान्तिको सन्देश दिएकाले अब नेपालको तिव्रत्तर विकाशका लागि पनि माओवादी काँग्रेस एक ठाउँमा भएर जानु पर्ने धारणा राख्नु भएको छ ।
माओवादि काँग्रेसको गठबन्धन चुनावि तलमेलका लागि मात्र नभएर प्रतिगमनलाई परास्त गर्दै संविधानको रक्षा गर्न, देशमा संवृद्धिको धोका खोल्न, बेरोजगार युवाहरुलाई रोजगारको सृजना गर्न र उद्योग धन्दा खेल्दै आर्थिक संवृद्धिका लागि पनि यो गठवन्धन आवश्यकता भएको बताउनु भएको छ ।
महराले गठबन्धनमा रहेका उमेद्वारहरु प्रतिनिधी सभाका बर्षमान पुन र प्रदेश सभा क का उमेद्वार जोखबहादुर महरालाई गोलाकार भित्रको हसिया हटौडा त्यस्तै प्रदेश सभा ख का उमेद्वार अम्मरसिंह पुनलाई रुखमा भोट हाली अत्याधिक बहुमतका साथ विजयि गराउन समेत आग्रह गर्नु भएको छ ।
प्रदेश सभा ख का उमेद्वार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनले गधबन्धन मिलाउनका लागि बर्षमान पुनले धेरै योगदान गरेको भन्दै अब रोल्पाको विकाशका लागि संघ र प्रदेशमा काँग्रेस माओवादी एक भएर जाने प्रतिकृया दिनु भएको छ । रोल्पाले हिजो पनि योगदान गरेको तर पाउनु पर्ने अवस पनि गुमाएकाले आउदा दिनहरुमा गधबन्धन भित्रका दलहरु संग अन्य दलहरु प्नि एक भएर जाने विश्वास समेत ब्यक्त गर्नु भएको छ ।
आफुहरु ब्यक्तिगत स्वार्थका लागि भन्दा पनि रोल्पाको हितका लागि लुम्बिनी प्रदेश र समग्र नेपालकै हितका लागि राजनितीमा लागेकाले रोल्पाली जनताको हक, हित र जिल्लाको संबृद्धिका लागि दिनरात खटिने बताउनु भएको छ । नेपाल पत्रकार महासंघको चुनाबमा पनि माओवादी काँग्रेस एक भएर चुनाव लडि जितेको इतिहास स्मरण गर्दे पुनले रोल्पा रुकुमका माओवादी काँग्रेस मिल्दा सकरात्मक सन्देश जाने उहाको भनाई छ ।
रोल्पामा गठबन्धनका दलहरु एक भएर लाग्न आग्रह गर्दे पुनले पत्रकारहरुलाई सकरात्मक कुराहरु प्रवाह गरेर सहयोग गर्न समेत आग्रह गर्नु भएको छ । राजनितीक दलहरुको महान पर्वको रुपमा रहेको चुनावमा सकृया रुपमा सहभागि भएर स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण बातावरणमा चुनाम सम्पन्न गर्नमा सबैलाई आग्रह समेत गर्नु भएको छ ।
चुनाव लक्षित कार्यक्रमहरु कम भइरहेको भन्ने गुनासो आइरहेको अवस्थामा आफुहरुले कार्यक्रम बस्तिस्तर सम्म लैजाने समेत बताएका छन । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समितिले विभिन्न स्थानमा संयुक्त आन्तरिक भेला गर्ने निर्ण समेत गरेको छ । माडि गाउँपालिकाको केन्द्र घर्ती गाउँमा यही असोज ३० गते, सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा ३१ गते आन्तरिक भेला गर्ने बताइएको छ । आम सभा सुलिचौरमा कार्तिक २५ गते, घर्तीगाउँमा कार्तिक २७ गते र होलेरीमा कार्तिक २९ गते गर्ने समेत बताइएको छ । २७ गते भएको गठबन्धनका विभिन्न निर्णयहरु नेपाली काँग्रेस रोल्पाका पार्टी सभापति किशोरकुमार आचार्यले पढेर सुनाउनु भएको थियो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका सचिव पुर्ण केसीले संचालन गर्नु भएको कार्यक्रममा नेपाली काँग्रेको तर्फ बाट प्रतिनिधी सभा समानुपाति उमेद्वार कृष्णबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधी सभा समानुपाति उमेद्वार आसबहादुर पुन लगाएत विभिन्न पार्टीका संघ र प्रदेशका समानुपातिक उमेद्वारहरुको सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ती, नेकपा एकिकृत समाजवादी पार्टी रोल्पाका अध्यक्ष टंक बुढा, राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, नेकपा माओवादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा घर्ती लगाएत गठबन्धनका अन्य नेता तथा कार्यकर्ताहरु, पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, सस्थापक अध्यक्ष काँशिराम डाँगी, निवर्तमान अध्यक्ष महेश न्यौपाने, बर्तमान सचिव लोकेन्द्र चन्दलगाएत जिल्लाका क्रियाशिल पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array