Ad image

सस्तो मुल्यमा धेरै खाद्य तत्व अण्डा बाट पाइन्छ -डा. थारु

मालश्री खबर
मालश्री खबर २८ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa
smart

 

मालश्री खबर, असोज २८ रोल्पा ।
सस्तो मुल्यमा धेरै खाद्य तत्व अण्डा बाट पाइने भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख सकईप्रसाद थारुले बताउनु भएको छ । २७ औ अन्तराष्ट्रियअण्डा दिवसको अवसरमा अण्डा वितरण कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

प्रोटिन, भिटामिन, खनिज तत्व, क्याल्सियम लगाएतका तत्वहरु अण्डाबाट बाट पाइने भएकाले सबै नागरिकहरुले अण्डा नियमित सेवन गर्न पनि उहाले आग्रह गर्नु भएको छ । पशु उत्पादित बस्तु अण्डा बाट धेरै परिका शरिरलाई चाहिने पोषक तत्वहरु पाइनुका साथै सस्तो समेत पर्ने भएकाले अण्डाको सेवन गर्न थारुले आग्रह गर्नु भएको हो । अण्डा सर्वसुलभ रुपमा पाइनुका साथै जुनसुकै विरामी, वालवालिका, वृद्धविद्धा सबैले खान मिल्ने भएकाले यसका बारेमा जागरण फैलाउनु आवश्यक भएको बताउनु भएको छ । पशु पंक्षि सम्वद्ध कार्यालयहरुले अण्डा दिवसलाई मनाउदै आएकाले त्यसलाई निरन्तरता दिनका लागि र अण्डाको फाइदाका बारेमा जनचेतना जगाउनका लागि दिवस मनाइएको प्रमुख थारुको भनाई छ ।

दिवसको मार्फत अण्डाको फाइदाका बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले यसको फाइदाका बारेमा जागरण फैलाउनका लागि सबै तह र तप्का बाट लाग्नु पर्ने उहाले बताउनु भएको छ । स्वास्थ्यका लागि, निरोगी हुनका लागि अण्डाले राम्रो काम गर्ने भएकाले जनचेतना फैलाउनका लागि कार्यालयले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।

- Advertisement -
Ad image

भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र रोल्पाका गिरबहादुर घर्तीले संचालन गर्नु भएको कार्यक्रममा रोल्पा अस्पतालका निमित्त कार्यालय प्रमुख एमडिजिपी रणबहादुर बोगटी, मेडिकल अधिकृत डा. आधार वली, डा. रेश्मा घर्ती, डा. पुजा कवर लगाएत अन्य कर्मचारीहरु, विज्ञ केन्द्रका विभिन्न कर्मचारीहरु, प्रहरी, पत्रकार समावसेवी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा रोल्पा अस्पतालमा भर्ना भएका विरामीहरु, गर्भवती तथा सुत्केरीहरुलाई एक–एक क्यारेट अण्डा वितरण गरिएको थियो । अस्पतालमा भर्ना भएका ३ जना, इन्डोरका ८ जना, रोल्पा अस्पतालमा कार्यरत गर्भवती तथा सुत्केरी चिकित्सकहरु ९ जनालाई अण्डा वितरण गरिएको विज्ञ केन्द्र रोल्पाले जानकारी दिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्