Ad image

प्रदेश खेलकुदमा जाने खेलाडिहरुलाई जितको शुभकामना

मालश्री खबर
मालश्री खबर २७ आश्विन २०७९, बिहीबार
3 Min Read
Aa

 

मालश्री खबर, असोज २७ रोल्पा ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत लुम्बिनी प्रदेशको प्रतिनीधित्व गर्दै जान लागेका रोल्पा जिल्लाका तेक्वान्दो खेलाडी तथा जनप्रतिनीधि संगम रोकामगरले खेलाडी निर्मला बुढामगर लगायतको टिमलाई अग्रिम जितको शुभकामना तथा विदाई कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघले गरेको छ ।

“एकताबद्ध देश, खेलकुदको सन्देश” मूल उद्देश्यका साथ मिति २०७९ साल असोज २८ गतेदेखि २०७९ कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रोल्पा जिल्ला तेक्वान्दो संघ, रोल्पा जिल्ला खेलकुद विकास समिति र लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेलका २ जना खेलाडी संगम रोकामगर–७४ के.जी. तौल समूह (उहाँ थबाङ गाउँपालिकाको जनप्रतिनीधि समेत हुनु हुन्छ) र निर्मला बुढामगर सहतिको टिमलाई रोल्पा जिल्ला तेक्वान्दो संघले एक कार्यक्रम गरी अग्रिम जितको शुभकामना व्यक्त गरेको छ ।
उक्त कार्यक्रमको सभाअध्यक्ष रोल्पा जिल्ला तेक्वान्दो संघका हेमन्त खत्रीले गर्नु भएको थियो भने प्रमुख अतिथि राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा रहनु भएको थियो भने अतिथिमा रोल्पा जिल्ला तेक्वान्दो संघका सल्लाहकार डिल्लीराज आचार्य (आषिश), रोल्पा जिल्ला टेवल टेनिस संघका अध्यक्ष याम गुरुङ, रोल्पा जिल्ला मालपोट कार्यालयका कार्यालय प्रमुख डिल्लीराज न्यौपाने, रोल्पा जिल्ला व्याडमिन्टन संघका सचिब कमल थापा, खेलप्रेमी श्री अशोक श्रेष्ठ, जिल्ला स्थित विभिन्न खेल संघका अध्यक्ष तथा प्रतिनीधिज्यूहरु, व्यापारी, उद्योगी, निर्माण व्यवसायी, बौद्धिक वर्ग, कर्मचारी, सुरक्षा कर्मी, खेलाडी, शिक्षक, खेलप्रेमी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

- Advertisement -
Ad image

उक्त समारोहका प्रमुख अतिथि तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत चिरन्जिवी बुढामगरले नेपालको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट पर्दशन गर्दै आइरहेको कुरा बताउनुका साथै रोल्पा जिल्लामात्र नभै लुम्बिनी प्रदेशको प्रतिनीधित्व गर्दै जान लाग्नु भएका खेलाडीहरुलाई अग्रिम जितको शुभकामनाका साथै खादा र अविरलेपन गरी शुभकामना दिनु भएको थियो साथै उपस्थित अतिथिहरुले पनि खादा र अविरले जितको शुभकामना दिनु भएको थियो ।
रोल्पा जिल्लाकोमात्र नभै लुम्बिनी प्रदेशको प्रतिनीधित्व गर्दै जान लाग्नु भएका सबै खेल विधाका खेलाडीहरुलाई शुभकामना समारोहका सभाअध्यक्ष, रोल्पा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तथा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले रोल्पा अग्रिम जितको शुभकामना सहित लुम्बिनी प्रदेशको शिर उचो राख्न र मिति २०७९ असोज १ गतेदेखि ३ गतेसम्म लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ९ जिल्लालाई पछि पार्दै २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ वटा पदक सहित लुम्बिनी प्रदेशमा रोल्पा जिल्ला तृतीय हुन सफल भएकोमा जिल्ला स्थित तेक्वान्दोका डोजाङ प्रमुख, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेलाडी, रोल्पाली जनसमुदाय, सरकारी कार्यालय, स्थानीय सरकार सबैको साथ र सहयोगले गर्दा सफल हुन सकेकोमा सबैमा हार्दिक आभार व्यक्त गर्नुका साथै आगामी दिनमा सबै क्षेत्रको अब्बल सहयोगको अपेक्षका साथ रोल्पा जिल्लाको तेक्वान्दो खेललाई लुम्बिनी प्रदेशको उत्कृष्ट जिल्लाको रुपमा परिचित गराउने कुरा समेत बताउनु भएको थियो ।
उक्त कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका सह–सचिब दिलीप परियारले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array