Ad image

आईटीका विद्यार्थीको रोजाइ बनेको हेराल्ड कलेज : यस्तो छ बीएस्सी कम्युटर साइन्सको माग र बजार

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक पाठ्यक्रमहरु (विशेष गरेर बेलायती डिग्रीहरु) को लोकप्रियता दिनानुदिन बढिरहेको बेला धेरैको रोजाइमा सूचना प्रविधि परिरहेको छ । यही आकर्षणलाई मध्यनजर गर्दै हेराल्ड कलेज काठमाडौंले सूचना प्रविधिका विषयहरू कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ संचालन गरिरहेको छ ।

रोजगार र सम्भावनाहरू बोकेको सफ्टवेयर उद्योग संसारको ठूलो बजार हो । सफ्टवेयरको डिजाइन, विकास, संचालन र परीक्षण गर्न धेरै मात्रामा इन्जिनियरहरूले इन्जिनियरले काम गर्ने क्षेत्रहरू वेब, मोबाइल हुँदै अहिले आएर क्लाउडसम्म पुगेको छ ।

कलेजका अनुसार इन्नोभेटिभ विजनेस अटोमेशनको बढ्दो दायराका कारण सूचना प्रविधि, बिग डेटामा डेटा माइनिङ र एआई प्रयोग गरी मसिन लर्निङतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । परम्परागत कम्प्युटिङको दायरा कम हुँदै जाँदा मानव हस्तक्षेप कम भन्दा कम भएका आफैँले सिक्न सक्ने क्षमता भएका एआई र डेटाउन्मुख कम्प्युटिङको दायरा भने फराकिलो हुँदै गएको छ । सूचना प्रविधिमा राम्रो भविष्य निर्माण गर्न चाहनेहरूले यो बढ्दो प्रवृत्तिमा आफूलाई अभ्यस्त गर्नुपर्ने जानकारहरूले बताएका छन् ।

इन्डष्ट्री रेडी कम्युटर साइन्स कोर्ष सूचना प्रविधि क्षेत्रमा भविष्य खोज्ने जोकोहीका लागि अपरिहार्य छ । कम्प्युटिङ टेक्नोलोजीको दायरा फराकिलो बन्दै गइरहेको छ । आज कुनै पनि व्यवसायहरू कम्प्युटिङ टेक्नोलोजीबाट अछुतो रहन सक्दैनन् । आज मसिङ लर्निङ (एआई) को प्रयोग गरेर संचालन भइरहेका उद्योगहरु हेर्दा भविष्यमा कम्प्युटिङ टेक्नोलोजीको माग अझै उच्च हुने देखिन्छ ।

- Advertisement -
Ad image

यसरी एआई सफ्टवेयर एप्लिकेशन निर्माण गर्न सक्षम इन्जिनियरहरूले काम र तलब दुवै रूपमा आफ्नो सम्भावनाहरू उल्लेखनीय रूपमा वृद्धि गर्न सक्नेछन् । तर, दुर्भाग्यको कुरा, भविष्यमा धेरै अवसरहरू सृजना गर्ने यस्ता विषय भने नेपालमा कमै कलेजले मात्रै संचालन गरिरहेका छन् । संचालन भएकामा पुरानै पाठ्यक्रमहरु छन् । अथवा विद्यार्थीहरु आफै स्व:अध्ययन गरेर सीप विकास गर्नपर्ने अवस्था छ ।

हेराल्ड कलेजमा भएको बीएससी (अनर्स) कम्प्युटर साइन्सले यो ठूलो खाल्डोलाई पुर्नका लागि भूमिका निभाउन सक्दछ । कलेजबाट यो विषय उत्तीर्ण गर्नासाथ विद्यार्थीले अन्य कुनै पनि तालिम नलिई सीधै काम गर्न सक्दछन् । यस हिसाबले यो कोर्ष सकेकाहरू अरुभन्दा अब्बल बन्ने छन् । यसैका लागि हेराल्ड कलेजले ‘इन्ड्रस्ट्री रेडी’ प्रकारको यो कोर्ष संचालन गरेको हो ।

यस कलेजले संचालन गरिरहेको बीएससी (अनर्स) कम्प्युटर साइन्स कोर्ष अरु विषयहरुको तुलनामा नवीनतम पाठ्यक्रमहरू भएको विषय हो । हालै मात्र यस विषयको पाठ्यक्रम वोल्भरह्याम्टन विश्वविद्यालयले अद्यावधिक गरेको छ । त्यसपश्चात यस विषयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मसिन लर्निङ, बिग डेटा, र क्लाउड कम्प्युटिङ जस्ता भविष्यका अवधारणाहरू समावेश गरिएको छ । यो कोर्ष व्यावहारिक, रोजगारमुखी र भविष्यवादी अवधारणाहरूको मिश्रित रुप हो । त्यसकारण यस कोर्षले विद्यार्थीहरूलाई सूचना प्रविधि (आईटी) को क्षेत्रमा एक उज्जवल भविष्य बनाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array