Ad image

बराबरीमा रोकिँदा पिएसजीले अन्तिम १६ मा पुग्ने मौका गुमायो

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने मौका गुमाएको छ।

च्याम्पियन्स लिगअन्तर्गत पीएसजीले बेन्फिकासँग घरेलु मैदानमा १-१ को बराबरी खेल्दा २ खेल अगाडिनै अन्तिम १६ मा पुग्ने मौका गुमाएको हो।

मंगलबार राति खेलको ३९ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाएका थिए।

invotech

राफा सिल्भाले जुआन बर्नाटलाई फाउल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो। त्यसमा एम्बाप्पे चुकेनन्।

- Advertisement -
Ad image

दोस्रो हाफमा बेन्फिकाले पनि पेनाल्टीमै गोल गर्दै खेललाई बराबरीमा ल्यायो। खेलको ६२ औं मिनेटमा जोआओ मारिओले पेनाल्टीबाट बराबरी गोल गरे। मार्को भेराट्टीले सिल्भालाई फाउल गरेपछि बेन्फीकाले पेनाल्टी पाएको थियो।

अर्जेन्टिनी फरवार्ड लियोनल मेसी चोटका कारण गएराति खेल्न पाएका थिएनन्।

यो नतिजासँगै पीएसजी समूह एचको शीर्ष स्थानमा कायमै छ। समान ८ अंक रहेको बेन्फिका गोल अन्तरमा पछि छ। प्रतियोगितामा अब सबै टिमले २-२ खेल खेल्न बाँकी छ।

यसै समूहको अर्को खेलमा इजरायली क्लब म्याकाबी हाइफाले घरेलु मैदानमा युभेन्टसलाई २–० ले हराउँदै पहिलो जित निकाल्यो।

यो नजितासँगै समूह एचमा युभेन्टस र हाइफाको समान ३-३ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array