Ad image

वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

मालश्री खबर
मालश्री खबर २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ ।

वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुंगा सावित कार्यक्रम संयोजक राजश्री श्रेष्ठले बताइन् ।

मेलामा दशैं बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टल रहनेछन् । मेलामा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति पनि हुने छन् । दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम संयोजनमा खटिएकी मनिषा प्रसाईं अधिकारीले जानकारी दिइन् ।

साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्याण्डका सदस्यले पनि सांगीतिक प्रस्तुति दिनेछन् ।

उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array