Ad image

रोल्पा जिल्लाका बिभिन्न देवी मन्दिरहरुमा फूलपाती भित्र्याइयो

मालश्री खबर
मालश्री खबर १६ आश्विन २०७९, आईतवार
3 Min Read
Aa

मालश्री खबर, असोज १६ रोल्पा ।
वडा दशैको सातौ दिन आइतबार रोल्पा जिल्लाका बिभिन्न नर्बदृर्गा देवी भगवती मन्दिरहरुमा फूलपाती भित्र्याउने गरिएको छ । रोल्पाको सदरमुकाम लिबाङ रहेको जिल्ला समन्वय समितीको प्राङ्गनमा रहेको दृर्गा देवीको मन्दिरमा पनि शिवालय मन्दिरबाट फूलपाती लिएर भित्राएको छ ।

 

तस्विर दिनेश आचार्य

- Advertisement -
Ad image

फूलपाती भित्राउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायबउपरिक्षक बिनोद घिमिरे, वटुकदल गण रोल्पाका गणपति प्रमुख सेनानी मणिराम थापा, पुजारी, पत्रकार, लगाएको सहभागिता रहेको थियो । परिर्बतन गाँउपालिकाको थुनिकोटमा रहेको दृर्गा भगवती देवी मन्दिर, गजुलकोटमा रहेको कोट मन्दिर र पाटेश्वरी भगवती मन्दिर, खुङ्ग्रीमा रहेको त्रिपुरा सुन्दरी देवीेको मन्दिर आदिमा फूलपाती भित्रायाको बताइएको छ ।

परिर्बतन गाँउपालिका वडा न. ३ थुनिकोटमा रहेको नर्बदृर्गा भगवती देवीे मन्दिरमा, दशैको पहिलो दिन घटस्थापना को दिन देखि बिजया दशमिको दिन सम्म थापा पुजारी र ब्राहमनले साझा, बिहाज पुजा पाठ गर्ने , दुई जना कन्यकुमार उपबास बस्ने, चण्डिपाठ पढ्ने र नौमति बाजा बजाएर मन्दिरमा दृर्गा भगवती देबीको पुजा गर्ने र देबिलाई कुभिन्दा, काक्रा, फर्सि र बोका, रागाको बलि दिने मेला लाग्ने चलन रहदै थुनिकोट मन्दिरका मुख्य पुजारी दिपेन्द्र बहादुर थापाले जानकारी दिनु भएको छ । त्यस्तै सुनिल स्मृती गाँउपालिका वडा न. ६ गजुलमा रहेको पाटेश्वरी भगवती मन्दिरमा घटस्थापनाको दिन देखि बिजया दशमिको दिन सम्म ठकुरी पुजारी र ब्राहमनले पुजा गर्ने, चण्डि पढ्ने, र दैनिक एक वडा दमाह बाजा बजाउने चलन रहेको छ । साहि ठाँउ नजिकै रहेको गजुलकोट दरबारमा पनि घटस्थापनाको दिन देखिने दैनिक बिहान साझ नैमति बजा बजाउने, पुजा पुजा आजा गर्ने, बलि दिने मेला लाग्ने चलन रहदै आएको स्थानिय अग्रज दामोदर सुबेदीले जानकारी दिनुभयो । सुनिल स्मृती गाँउपालिका वडा न. २ खुङ्ग्रीमा रहेको त्रिपुरा सुन्दरी देवीको मन्दिरमा पनि बडा दशैको पहिलो दिन घटस्थापनाको देखि बिजया दशमिको दिन सम्म पुजारीले दैनिक बिहान साझ पुजा पाठ गर्ने, महाअष्टमीको दिन बोका र रागाको बलि दिने दैनिक नैमति बाजा बजाउने मेला लाग्ने आदि चलन रहेको सुनिल स्मृती गाँउपालिका वडा न. २ का वडा अध्यक्ष नेत्रबहादुर गिरीले जानकारी दिनु भएको छ । गंगादेब गाँउपालिको राक ताप्ला बजारमा रहेको दृगा मन्दिरमा पनि दशैको पहिलो दिन घटस्थापनाको दिन देखिनै दैनिक बिहान साझ पुजा गर्ने , बाजा बजाउने, बलि दिने र मेला लाग्ने आदि चलन रहको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array