Ad image

नेपाली काँग्रेस गाउँ इकाई समिति गजुलकोटमा विजया दशमी, दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, असोज १६ रोल्पा । नेपाली काँग्रेस गाउँ इकाई समिति सुनिलस्मृति गाउँपालिका वडा नं ६ गजुलकोटको आयोजनामा आइतबार बिहान विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पाटेश्वरी भगवती मन्दिर प्राङ्गणमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

इकाई समितिका सभापति तोयराम थापाको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाका उप९सभापति कविता उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाका सदस्य हिमाल सुवेदी, पूर्व९सदस्य चूडामणि सुवेदी, नेपाली लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुल, क्षेत्रिय प्रतिनिधि तथा स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेसका प्रत्यासी हिराबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा इकाई समितिका पदाधिकारी, क्षेत्रिय प्रतिनिधि लगायत क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कमल कुँवरले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

चियापानको लागि आर्थिक सहयोग क्षेत्रिय प्रतिनिधिहरुले गरेका थिए भने उक्त अवसरमा कार्यक्रमका सहभागी साथै कुवापानी स्वास्थ्य आमा समुह तथा महिला समुहले पाटेश्वरी भगवती मन्दिरको परिसर सरसफाइ गरेको इकाई समितिका कोषाध्यक्ष चुमान सेनले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array