Ad image

नेरा नमुना माबि मौलाबोटको बहुउद्देश्यीय सहकारी संस्थाको गाँउपालिका अध्यक्ष बुढाद्धारा उद्घाटन

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
3 Min Read
Aa

 

सुर्य प्रकाश बुढामगर

मालश्री खबर, असोज १५ रोल्पा । नेपाल राष्ट्रिय नमुना माबि थप प्राबिधिक बिद्यालय मौलाबोट राङकोट रोल्पाले शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को शनिबार एक कार्यक्रमको बिच उद्घाटन गरेकोे छ । सहजै चुलो बाल्नका लागी घर—घरमा भकारी, बहु पेसा र व्यावसाय हितका लागी सहकारी भन्ने मुल नाराको साथमा स्थापना भएको शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको सेक्सन बि को हल बाग्मारामा कार्यक्रमका प्रमुख अतिथि एंव परिर्बतन गाँउपालिका अध्यक्ष सुकबहादुर बुढामगरले उद्घाटन गर्नु भएको बिद्यालय प्रसासनले जानकारी दिएको छ ।

 

- Advertisement -
Ad image

 

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका निवर्तमान उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हित कुमारी बुढामगर र परिवर्तन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष दिल बहादुर वली रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथिमा परिवर्तन गाउँपालिका उद्योग बाणिज्य संघका संयोजक प्रेम कुमार बुढामगर, सयपत्री बचत तथा रिण सहकारीका संस्था बागमाराका अध्यक्ष जयन्द्र विक्रम केसी, परिर्बतन गाँउपालिका कार्यपालिका सदस्य मोहबिर बिक, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका वडा न. ५ का उपाध्यक्ष हरि बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका राेल्पाका जिल्ला सदस्यहरु भक्त रिजाल, र हिरालाल खड्का, जनता मावि बागमाराका प्रध्यानाध्यापक जय कुमार बुढा लगाएत शिक्षक, विद्यार्थी, बुद्धिजीवीको आतिथ्यता रहेको थियो । शुरुमा शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको सुरुवात रु.६ लाख बाट गरेको र चालू पुँजी २ करोड पु¥याउने लक्ष्य लिएको प्रधानाध्यापक गोपाल बहादुर केसीको भनाइ रहेको छ । सहकारीले शिक्षा र कृषिमा काम गर्ने समेत केसीले बताउनु भयो । सहकारी संस्था लिमिटेडमा नेपाल राष्ट्रिय नमुना माबि थप प्राबिधिक बिद्यालय मौलाबोट राङकोटमा कार्यरत सबै शिक्षक र कर्मचारीले महिनामा एक दिन बराबरको तलब अनिबार्य बचत गर्नु पर्ने नियम रहेको बताएइको छ । अब बिद्यालयमै शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड स्थापना भए पछि सबैमा बचत गर्नु पर्छ भन्ने बानीको बिकास हुने र आर्थिक बचत हुने समेत प्रअ केसिले थप्नु भयो । दैनिक, मासिक र पाछिक बचत गर्न सकिने भएको हुनाले बचत गर्न चाहने बिद्यालयका शिक्षक, कर्मचारी बाहेक अरुले पनि बचत गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ । शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाकी सचिव हरिकला बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्ण बहादुर बुढामगर गर्नु भएको त्यहा बाट हाम्रा सहकर्मि सुर्य प्रकास बुढामगरले जानकारी दिनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array