Ad image

माडिखोलामा बेपत्ता वालक तिन दिन पछि मृत भेटिए

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, असोज १५ रोल्पा । विहिबार दिउँसो १ बजेको समयमा माडीखोलामा बेपत्ता भएका बालक तिन दिन पछि मृत फेला परेको छन् । माडी गाँउपालिकामा पर्ने माडिखोलाको जुबाङ भन्ने क्षेत्रमा बालक असोज १३ गते दिँउसो एक बजेको समयमा बेपत्ता भएका थिए ।

 

 

- Advertisement -
Ad image

माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङ, सरिगा निवासी मोहन पुनको ११ वर्षीय छोरा पावल पुन खोलामा खेल्न गएको बेला बेपत्ता भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरिक्षक देवराज भट्टराइले जानकारी दिनु भएको छ । काका साइनो पर्ने बसन्त घर्तीको छोरा याकुप घर्ती संग खेल्न गएको बेला बालक सम्पर्क विहिन भएको प्रहरी चौकी माडिचौरका प्रहरी सहायक निरिक्षक तिलक बस्नेतले जानकारी दिनु भएको छ । काका साइनो पर्ने बसन्त घर्ती, उनका छोरा याकुप घर्ती र हराएका बालक पावल पुन बालुवा चाल्नका लागी माडिखोला गएका थिए । काका बसन्त घर्ती बालुवा चाल्ने काम गर्दै गर्दा ति दुई बालक खोला किनारमा खोल्न गएको र केही बेरमा आफ्नो छोरा याकुप मात्र फर्किय पछि हराएका बालक पुनको खोजि कार्य सुरु गरिएको थियो । बालक बेपत्ता भएको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय घर्तीगाउँका १० जना र प्रहरी चौकी माडिचौरको ३ जना गरि १३ जना प्रहरी र बालकको घर परिवारले सम्भावित खोला किनारमा बालकको खोजी कार्यलाई जारी राखेका थिए । बालम बेपत्ता भएको ३ दिन पछि मात्र रोल्पा नगरपालिका वडा न. ७ माडीचौर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवत्ता प्रकाश भुषालले जानकारी दिनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array