Ad image

रोल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, असोज १५ रोल्पा ।  रोल्पामा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत, रोल्पा जिल्ला न्याधिस खिमानन्द भुसाल, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढामगर, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य, नेकपा माओबादी केन्द्र रोल्पाका सचिब पुर्ण केसि, नेकपा एकिकृत समाज पाटी रोल्पाका तेजराज भण्डारी, नेपाल कम्युनिस्ट पाटी रोल्पाका बिशेष कमिती सदस्य दिनेश बिक्रम चन्द, रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ति, रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे, बटुकदल रोल्पाका प्रमुख सेनानी मनिराम थापा, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख चिरञ्जिबी बुढामगर, जिल्ला निर्बाचन कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख इन्द्रिरा अधिकारी लगाएको उपस्थितीका कार्यालयको उद्घाटन गरिएको बताइएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array