Ad image

माडिखोलामा बेपत्ता वालक अझै भेटिएनन्

मालश्री खबर
मालश्री खबर १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, असोज १४ रोल्पा । विहिबार हिजो दिउँसो १ बजेको समयमा माडीखोलामा बेपत्ता भएका बालक अझै भेटिएका छैनन । माडी गाँउपालिकामा पर्ने माडिखोलाको जुबाङ भन्ने क्षेत्रमा बालक बेपत्ता भएका थिए ।

 

 

- Advertisement -
Ad image

माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङ, सरिगा निवासी मोहन पुनको ११ वर्षीय छोरा पावल पुन खोलामा खेल्न गएको बेला बेपत्ता भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरिक्षक देवराज भट्टराइले जानकारी दिनु भएको छ । काका साइनो पर्ने बसन्त घर्तीको छोरा याकुप घर्ती संग खेल्न गएको बेला बालक सम्पर्क विहिन भएको प्रहरी चौकी माडिचौरका प्रहरी सहायक निरिक्षक तिलक बस्नेतले जानकारी दिनु भएको छ । काका साइनो पर्ने बसन्त घर्ती, उनका छोरा याकुप घर्ती र हराएका बालक पावल पुन बालुवा चाल्नका लागी माडिखोला गएका थिए । काका बसन्त घर्ती बालुवा चाल्ने काम गर्दै गर्दा ति दुई बालक खोला किनारमा खोल्न गएको र केही बेरमा आफ्नो छोरा याकुप मात्र फर्किय पछि हराएका बालक पुनको खोजि कार्य सुरु गरिएको थियो । अहिले ईलाका प्रहरी कार्यालय घर्तीगाउँका १० जना र प्रहरी चौकी माडिचौरको ३ जना गरि १३ जना प्रहरीले सम्भावित खोला किनारमा बालकको खोजी कार्यलाई जारी राखेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवत्ता प्रकाश भुषालले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array