Ad image

सुनिलस्मृती गाँउंपालिकाले गर्यो म्याद गएको बस्तुको सुरक्षित डिस्पोजल

मालश्री खबर
मालश्री खबर १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

 

मालश्री खबर, रोल्पा । चाड पर्ब नजिकिय सँगै सुनिल स्मृतीगाँउपालिकाले बजार अनुगमलाई तिब्रता दिएको छ । बुधबार हिजो गाँउपालिका उपाध्यक्ष मिना थापाको नेतृत्वमा गरिएको बजार अनुगमनमा भेटिएको म्याद गएको अखाद्य बस्तुको आज सुरक्षित डिस्पोजल गरिएको छ ।

पुर्बी रोल्पाको मुख्यव्यापारिक केन्द्रको रुपमा रहेको सुलिचौर बजार र रुइनिबाङ बजार क्षेत्रको अनुगमन गरेको सुनिल स्मृतीगाँउपालिकाले जानकारी दिएको छ । अनुगमनको क्रममा अधिकांस पसलहरुमा मुल्य सुचि नराखेर व्यावसाय सञ्चालन गरेका भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । त्यसरी मुल्य सुचि नराखेर व्यावसाय गरि रहेका ब्यापारीहरुलाई तत्काल मुल्य सुचि सबैले देखिने स्थानमा राखेर व्यावसाय संचालन गर्न आग्रह गरिएको गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले जानकारी दिनु भएको छ ।

कतिपय व्यापारीहरु व्यावसाय दर्ता नगरेर ब्यापार संचालन गर्ने गरेको भेटिएको हुुनाले त्यस्ता ब्यापारीलाई पहिलो पटक चेतावनि पत्र बुझाएको गाँउपालिका उपाध्यक्ष मिना थापाले बताउनु भयो तत्काल दर्ता गरेर मात्र व्यावसाय संचालन गर्न निर्देशन गरिएको उपाध्यक्ष थापाले थपनु भयो । अनुगमनका क्रममा भेटिएका म्याद गएका खाद्य वस्तुहरु जफत आज सुरीक्षत डिस्पोजल गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

डिस्पोजल गर्दा सुनिलस्मृती गाँउपालिका , ईलाका प्रहरी कार्याल सुलिचौरका र उद्योग बाणिज्य संघ सुनिल सुनिल स्मृती गाँउपालिका प्रतिनिधी लगाएको रोहवरमा डिस्पोजत गरिएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array