Ad image

सुनिलस्मृति गाँउपालिकाद्धारा सुलिचौर र रुइनिबाङ बजारको अनुगमन

मालश्री खबर
मालश्री खबर १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर/ लोकेन्द्र चन्द
भाद्र १२ गते बुधाबार

चाड पर्ब नजिकिय सँगै सुनिल स्मृती गाँउपालिकाले बजार अनुगम लाई तिब्रता दिएको छ । पुर्बी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको सुलिचौर बजार र रुइनिबाङ बजार क्षेत्रको अनुगमन गरेको सुनिल स्मृती गाँउपालिकाले जानकारी दिएको छ ।

सुनिल स्मृती गाँउपालिका उपाध्यक्ष मिना थापाको नेतृत्वमा बजार अनुगमन गरिएको बताइएको छ । अनुगमनको क्रममा अधिकांस पसलहरुमा मुल्य सुचि नराखेको पाइएको छ । त्यसरी मुल्य सुचि नराखेर व्यापार गरि रहेका ब्यापारीहरुलाई अनिबार्य तत्काल मुल्य सुचि सबैले देखिने स्थानमा राख्न आग्रह गरिएको छ ।

कति पय व्यापारीहरु दर्ता नगरेर व्यावसाय संचालन गर्ने गरेको भेटिएको हुुनाले त्यस्ता ब्यापारीलाई पहिलो पटक चेतावनि पत्र काटेर चेतावनि दिएको गाँउपालिकाले बताएको छ । तत्काल दर्ता गरेर मात्र व्यावसाय संचालन गर्न निर्देशन गरिएको छ । अनुगमनका क्रममा भेटिएका म्याद गएका खाद्य वस्तुहरु जफत गरिएको समेत बताइएको छ ।

- Advertisement -
Ad image

अनुगमन टोलीमा ईलाका प्रहरी कार्यालय प्रहरी नायक निरिक्षक भुबन ऐरी, सुनिल स्मृती गाँउपालिका राजश्व शाखा प्रमुख पदम प्रसाद रिजाल, लेखा अधिकृत मधुसुदन गैरे, पशुसेवा शाखा प्रमुख अशोक कुमार केसरी, आलेप ठगेन्द्र सुबेदी लगाएतको टोली रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array