मालश्री खबर मंसिर ३ गते रोल्पा
देउसी भैलो बाट संकलित रकम बाट बजार क्षेत्रमा डष्ट्बिन खरिद गरेर राखिएको छ । सुनिलस्मृती गाँउपालिका वडा न. ३ रुइनिबाङमा रहेको साहारा युवा समुहमा आवद्ध युवाहरुले यस्तो कार्य गरेका हुन छ ।
समुहमा आबद्ध एक सदस्य भबिन्द घर्तीका अनुसार आफुहरुले समुह निमार्ण गरेर पाँच दिन सुलिचौर रुइनिबाङ क्षेत्रमा देउसी भैलो खेलेर १ लाख २५ हजार ८ सय १० रुपैया जम्मा गरेको बताउनु भएको छ ।
सोमबार समुहमा आबद्ध युवाहरु मिलेर १० हजार बराबरको रुइनिबाङ बजार क्षेत्रमा डष्ट्बिन राखेको र थुनिएको नाला र बजार क्षेत्र सरसफाई गरिएको समेत सदस्य घर्तीमगरले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।
देउसी भैलो बाट संकलन गरिएको बाँकि रकम समुहको कोषमा राखेर यस्तै सामाजिक कार्यमा खर्च गर्ने समुहले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्