रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेस नेता थापा मनोेनित

मालश्री खबर
मालश्री खबर २५ कार्तिक २०८०, शनिबार
0 Min Read
Aa

मालश्री खबर कात्तिक २५ गते रोल्पा 

रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा रोल्पा नगरपालिका वडा न. १० धबाङ निबासी नेपाली कांग्रेस रोल्पाका पार्टी सचिव शेर बहादुर थापा मनोेनित हुनुभएको छ ।

अस्पताल विकास समितिको नियमावली, २०८० को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको कात्तिक २३ गतेको निर्णय अनुसार थापालाई रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्